अछाममा दैनिक उपभोग्य बस्तुको मूल्य सार्वजनिक (मूल्य सुचि सहित)

जिल्ला प्रशासन कार्यालय अछामले दैनिक उपभोग्य बस्तुको मूल्य सार्वजनिक गरेको छ ।
दोस्रो लहरको कोरोना सङ्क्रमणले आक्रान्त अछाममा व्यापारीले मनपरी मूल्य असुल्न थालेपछि जिल्ला प्रशासन कार्यालय अछामले अत्यावश्यक खाध्यन्न बस्तुको मूल्य सार्वजनिक गरेको हो । जिल्लामा बैशाख १९ गतेदेखि लकडाउन भएदेखि नै कृत्रिम अभाव, कालोबजारी भएको र सहज आपूर्ति भएको थिएन ।
जिल्लामा कालोबजारी र बृतिम अभाव भएको सम्बन्धमा रेडियो बान्निगढीले पटक पटक समाचार प्रसारण र बान्निगढी टुडेले समाचार प्रकासन गर्दा जिल्ला उद्योग बाणिज्य संघ अछामले केही बजारहरूमा बजार अनुगमन गरेको थियो ।
जस अनुसार जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यक बस्तुको मूल्य निर्धारण गरेको जनाएको छ ।
उद्योग वाणिज्य सङ्घले मूल्य निर्धारण गरेको कुनै पनि सामानमा बढी मूल्यमा खरिद भएमा, कानुन बमोजिम सहज आपूर्ति नभएमा उपभोक्ता संरक्षण ऐन,२०७५ अनुसार कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताउनु भयो ।
दैनिक उपभोग्य का बस्तुको मूल्य सुचि तपाई बान्निगढी टुडे डटकममा पढ्न सक्नुहुन्छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस