Techie IT

अछाममा थप १ संक्रमितको मृत्यु


अछाममा मङ्गलवार थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वरका ७२ वर्षिया महिलाको कोरोना सङ्क्रमणबाट वयलपाटा अस्पतालमा मृत्यु भएको छ ।

यो सँगै अछाममा कोरोना सङ्क्रमणबाट दोस्रो लहरमा ८ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।

आज मृत्यु भएकी महिला बारे जिल्ला स्वास्थ्य कार्यालयले भोलि सार्वजनिक गर्ने जनाएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन

एकेन्द्र खत्री
खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस