Techie IT

गोपीको आँखा बचाउन आर्थिक सहयोगको अपिल


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का गोपी साउँदको आँखाको उपचार गर्न आर्थिक सहयोगको अपिल गरिएको छ ।

आँखामा गम्भीर चोट लागी आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका साउँदको उपचारका लागी रेडियो बान्नीगढीले आर्थिक सहयोग गरिदिन अपिल गरेको हो ।

गोरु बाख्रा चराउन जङ्गल गएका बेला बर्दादेवी धारासैनका १४ वर्षीय गोपी साउँदको बायाँ आँखामा गम्भीर चोट लागेको थियो ।

साँफेस्थित आँखा अस्पतालमा उपचारका लागी लगिएका साउँदको समयमै आँखाको उपचार नगरिए आँखा गुम्न सक्ने स्वास्थ्यकर्मीले सुझाव दिएको भए पनि आर्थिक अभावका कारण उनको उपचारमा कठिनाइ भइरहेका छ ।

गोपी साउँद

कक्षा ४ मा अध्ययनरत साउँदको आँखामा महिना दिन अघि नै चोटपटक लागेको भए पनि अवस्था गम्भीर बनेपछि मङ्गलवार साँफेस्थित आँखा अस्पतालमा जाँच गराइएको थियो ।

साँफेबगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकी गेटा आँखा अस्पतालमा उपचारका लागी रेफर गरिएका उनलाई आर्थिक अभावका कारण उपचार गर्न नसकी घर फर्किँदै गर्दा स्थानीय स्थानीय नवराज साउँदको पहलमा हाललाई आर्थिक व्यवस्थापन हुने गरि गेटा आँखा अस्पताल कैलाली पठाइएको छ ।

उपचारका लागी एम्बुलेन्स खर्च समेत अभाव भएका उनको उपचारका लागी सहयोग गर्न रेडियो बान्नीगढीले सवैमा अपिल गरेको छ ।

आर्थिक स्थिति कमजोर रहेका कारण १४ वर्षीय छोराको आँखाको उपचारमा आर्थिक सहयोग गरि दिन उनकी आमा अमृता साउँदले सवैमा अनुरोध गरेकी छन् ।

१४ वर्षीय साउँदको उपचारका आर्थिक सहयोगका लागी अपिल भएसँगै सहयोगीदाताले आर्थिक सहयोग गर्न थालेका छन् ।

मङ्गलवार मात्रै रेडियो बान्नीगढीका कार्यकारी निर्देशक धनराज साउँदले ५ हजार,बान्नीगढि जयगढ जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी बेल्पाटा घर भई हाल जाइडस वेलनेस कम्पनीमा कार्यरत एकेन्द्र ठकुल्लाले १ हजार ५ सय ५ , बयालपाटा अस्पतालमा कार्यरत तथा क्यान अछामका सचिव रमेश महरले २ हजार आर्थिक सहयोग गरेका छन् अन्य दाताले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य, हेडलाईन


प्रतिक्रिया दिनुहोस