नियम विपरीत काम गर्न खोज्दा बान्नीगढीका अध्यक्ष,उपाध्यक्षको सेटिङ्ग छरपस्ट
गाउँपालिकालाई केही थाहा छैन : अधिकृत जोशी

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा सञ्चालन गरिएको डिपबोरिंग योजनामा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का र गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदको सेटिङ्ग छरपस्ट भएको छ ।
नियम विपरीत योजना सञ्चालन गरेको तथ्य बाहिरिए पछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सेटिङ्ग छरपस्ट भएको हो ।
जयगढ बसपार्कमा उपभोक्ता समिति र टेन्डर बिना नै गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा डिप बोरिंग खानेपानी योजना सञ्चालन गरिएको तथ्य रेडियो बान्नीगढी र बान्नीगढी टुडेले प्रकाशन तथा प्रसारण गरेका थियो ।
४० लाख लागत रहेको दाबी गरिएको योजना अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा नियम विपरीत सञ्चालन गरिएका तथ्य सार्वजनिक भएसँगै उनीहरूको सेटिङ्ग छरपस्ट भएको छ भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले योजनामा बिषयमा गाउँपालिकाको कुनै सम्बन्ध नरहेको बताएका छन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नियम विपरीत योजना सञ्चालन गरिएको बिषयमा नागरिकको गुनासोका आधारमा समाचार प्रकाशन तथा प्रसारण गरेको रेडियो बान्नीगढीले सूचनाको हकको प्रयोग गरि गाउँपालिकालाई योजनासँग सम्बन्धित सूचना माग गरेको थियो ।
सूचनाको माग गरिएको निवेदनको जवाफ दिँदै गाउँपालिकाले यस योजनासँग बान्नीगढी जयगढ गाउँपालिकाको कुनै सम्बन्ध नरहेको जवाफ रेडियो बान्नीगढीलाई पठाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले हस्ताक्षर गरेको जवाफ पत्रमा डिपबोरिंग योजना बान्नीगढी जयगढ गाउँपालिका सँग सम्बन्धित नभएकाले यस विषयका सूचना गाउँपालिकाले उपलब्ध गराउन नसकिने उल्लेख गरिएको छ ।
गाउँपालिकाले रेडियो बान्नीगढीलाई दिएको जवाफ पत्र
मिलेमतोमा योजना सञ्चालन गरि फर्जी कागजातका आधारमा रकम भुक्तानी गर्ने अध्यक्ष उपाध्यक्षको दाउ भए पनि यसबारे तथ्य बाहिरिएपछि गाउँपालिका अधिकृत जोशीले उनीहरूको प्रस्ताव अस्वीकार गरेको सर्वसाधारणको बुझाई छ ।
स्रोतका अनुसार योजनाको प्रक्रिया मिलाई भुक्तानी गर्न अधिकृतलाई आग्रह गरिएको भए पनि अधिकृतले नियम विपरीत योजनाको भुक्तानी दिन नसक्ने दाबी गरेपछि अध्यक्ष र उपाध्यक्ष तनावमा छन् ।
यस अघि योजना सञ्चालनका बिषयमा बुझ्दा डिप बोरिंग खानेपानीको कामको जिम्मा लिएका नेपाल हाइड्रो कन्स्ट्रक्सनका प्रतिनिधि शंकर तिरुवाले गाउँपालिकासँग ४० लाखमा सम्झौता भएको रेडियो बान्नीगढीलाई बताएका थिए भने गाउँपालिका अधिकृत रामचन्द्र जोशीले गाउँपालिकासँग खानेपानी योजना शीर्षकमा २० लाख भन्दा बढी बजेट नभएको उल्लेख गरेका थिए ।
योजना सञ्चालन प्रक्रिया र लागतका बिषयमा बुझ्दा समेत गाउँपालिकाका बिभिन्न् वडाका वडा अध्यक्षहरूले योजनाको लागत र प्रक्रियाका बिषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई जानकारी हुने प्रतिक्रिया दिएका थिए ।
यस्तै गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले भने ४० लाखमा उक्त योजना सञ्चालन गरिएको दाबी गर्नु भएको थियो ।
योजनाको लागतबारे ठेकेदार र गाउँपालिका अधिकृत बिच २० लाखको फरक र प्रक्रियाबारे गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई जानकारी हुने वडा अध्यक्षको प्रतिक्रिया पछि रेडियो बान्नीगढी र बान्नीगढी टुडेले जयगढमा डिप बोरिंग २० लाख रुपैयाँ गोलमाल गर्ने दाउ शीर्षकमा समाचार प्रकाशन तथा प्रसारण गरेको थियो ।
हाल आएर गाउँपालिकाले योजनाको गाउँपालिकासँग कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सेटिङ्ग छरपस्ट मात्र भएको छैन ठेकेदार पनि बिचल्लीमा परेका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँगको मिलेमतोमा डिप बोरिंग योजनाको काम गरेका तिरुवाले भुक्तानी पाउँछन् या पाउँदैन भन्ने विषय पर्खाइको विषय बनेको छ ।
यीँ बिभिन्न तथ्यले बान्नीगढी जयगढ गाउँपालिकामा सुशासन र पारदर्शिता कायमको तल्लो स्तरको उदाहरण बाहिरिएको छ ।भने समृद्धिको आधार बान्नीगढी सरकार भन्ने बान्नीगढी जयगढ गाउँपालिकाको नारालाई समेत गिज्याएको छ ।
क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस