Techie IT

गोपीको आँखा जोगाउन आर्थिक सहयोग जुट्दै

४७ हजार १ सय ९ रुपैयाँ संकलन


आँखाको उपचारमा आर्थिक अभाव झेलिरहेका बान्नीगढी जयगढ गाउँपालिकाका गोपी साउँदको उपचारका लागी लागी आर्थिक सहयोग सङ्कलन हुन थालेको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी धारासैन घर भएका १४ वर्षीय गोपीको आँखाको उपचारका लागी सहयोगीदाताले आर्थिक सहयोग गर्न थालेका हुन ।

आँखामा गम्भीर चोटपटक भई आर्थिक अभावका कारण उपचार गर्न नसकेका साउँदको आँखाको उपचारका लागी रेडियो बान्नीगढीले आर्थिक सङ्कलन अभियान सुरु गरेको थियो । जस अन्तर्गत बुधवारसम्म ४७ हजार १ सय ९ रुपैयाँ सङ्कलन भएको छ ।

गोपीको आँखाको उपचारका लागी आर्थिक सहयोग गर्नेहरूको विवरण :-

एकिन्द्र कुँवर समाजसेवी हाल काठमाण्डौ रु ५००० ।

धनराज साउँद कार्यकारी निर्देशक रेडियो बान्नीगढी रु ५००० ।

दिनेश साउँद बर्दादेवी मालुकाटे हाल दक्षीण कोरीया रु ५००० ।

डम्बर बहादुर साउँद सान्डीक धारासैन हाल कोरिया रु ५००० ।

नवराज साउँद प्रहरी सहायक निरिक्षक रु ३००० ।

नाम नखुलाउने अधिकृत नेपाल सरकार रु २५०० ।

नाम नखुलाउने नायव सुव्वा नेपाल सरकार रु २५०० ।

दल साउँद MIS अपरेटर रामारोशन गापा रु २२२२ ।

रमेश महर बयालपाटा अस्पताल रु २००० ।

दिपेन्द्र साउँद नायव सुव्वा नेपाल सरकार रु २००० ।

समुन्द्रा बोगटी वडा सचिव बर्दादेवी रु २००० ।

संगम साउँद एलोन ट्र्ेड एण्ड सप्लायर्स २०००।

मोहन साउद सचिव युवा संघ नेपाल सु.प कमिटि २००० ।

एकेन्द्र ठकुल्ल बेल्पाटा हाल धनगढी रु १५०५ ।

रतन बहादुर साउँद अध्यक्ष रेडियो बान्नीगढी रु ११११।

झपट थाापा दर्ना नायव सुव्वा नेपाल सरकार रु ११११ ।

बिजय महरा सिभिल बैँक रु १०५५ ।

समशेर साउँद दर्ना पन्साली (शिक्षक ) रु १०५५

यज्ञमान खड्का सिभिल बैँक रु १०५० ।

गोरु बाख्रा चराउन जङ्गल गएका बेला बर्दादेवी धारासैनका १४ वर्षीय गोपी साउँदको बायाँ आँखामा गम्भीर चोट लागेको थियो ।

साँफेस्थित आँखा अस्पतालमा उपचारका लागी लगिएका साउँदको समयमै आँखाको उपचार नगरिए आँखा गुम्न सक्ने स्वास्थ्यकर्मीले सुझाव दिएको भए पनि आर्थिक अभावका कारण उनको उपचारमा कठिनाइ भइरहेका छ ।

कक्षा ४ मा अध्ययनरत साउँदको आँखामा महिना दिन अघि नै चोटपटक लागेको भए पनि अवस्था गम्भीर बनेपछि मङ्गलवार साँफेस्थित आँखा अस्पतालमा जाँच गराइएको थियो ।

साँफेबगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकी गेटा आँखा अस्पतालमा उपचारका लागी रेफर गरिएका उनलाई आर्थिक अभावका कारण उपचार गर्न नसकी घर फर्किँदै गर्दा स्थानीय स्थानीय नवराज साउँदको पहलमा हाललाई आर्थिक व्यवस्थापन हुने गरि गेटा आँखा अस्पताल कैलालीमा हाल उपचार भइरहेको छ ।

गेटा आँखा अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा उनको आँखाको उपचार भईरहेको छ । स्वास्थ्यकर्मीका अनुसार उनको आँखा पुर्ण रुपमा ठिक हुने नहुनेबारे एकिन हुन अझै केहि परिक्षण गर्न बाँकि नै छ ।

५ दिन लगातार उपचार तथा निगरानी पछि मात्र आँखाको थप उपचारबारे भन्न सकिने स्वास्थ्यकर्मीले बताएका छन्

उपचारका लागी एम्बुलेन्स खर्च समेत अभाव भएका उनको उपचारका लागी आर्थिक सहयोग गर्न रेडियो बान्नीगढीले सवैमा अपिल गरेको छ ।

आर्थिक स्थिति कमजोर रहेका कारण १४ वर्षीय छोराको आँखाको उपचारमा आर्थिक सहयोग गरि दिन उनकी आमा अमृता साउँदले सवैमा अनुरोध गरेकी छन् ।


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस