साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

साँफेबगर नगरपालिकाले बयलपाटा अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।
कोरोना सङ्क्रमितको उपचारका लागी साँफेबगर नगरपालिकाका नगरप्रमुख कुल बहादुर कुँवरले अस्पताललाई २ ओटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नु भएको हो ।
यस अघि पनि साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले ५ थान नेबुलाईजर मेसिन र ८ थान पल्स अक्सीमिटर अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकलाई हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै आज उहाँले अस्पतालको अवलोकन गर्दे आइसोलेसनमा रहेका बिरामीको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी जानकारी लिनु भएको छ । साथै नगर प्रमुख कुँवरले बयालपाटा अस्पतालमा थप आइसोलेसन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण पछि रेडियो बान्नीगढीसंग संक्षिप्त कुराकानी गर्दै नगर प्रमुख कुल बहादुर कुँवरले कोरोना रोकथाम र नियन्त्रणमा बयालपाटा अस्पताल सक्रिय रहेकाले नगरपालिकाले करिब ७० लाख सहयोग गरिसकेको र अझै पनि थप आर्थिक सहयोग गर्ने बताउनुभएको छ ।
जिल्लामा कोरोना सङ्क्रमितको दर बढेसँगै बयलपाटा अस्पतालमा थप आइसोलेसन बेड बनाउन नगरपालिकाले आर्थिक सहयोग गर्ने नगरप्रमुख कुँवरले बताउनुभयो ।
कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस