Techie IT

रेडियो बान्नीगढीको गोपीको आँखा बचाऊँ अभियान : सङ्कलित रकम हस्तान्तरण


रेडियो बान्नीगढीले सुरु गरेको गोपीको आँखा बचाउ अभियान अन्तर्गत सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण कडायतको विशेष उपस्थितिमा रेडियो बान्नीगढीका संचालक समिति अध्यक्ष रतन बहादुर साउँदले गोपीकी आमा अमृता साउँदलाइ सङ्कलित आर्थिक सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

आर्थिक अभावका कारण आँखाको उपचारमा गर्न नसकेको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी धारासैनका १४ वर्षीय गोपी साउँदको आँखाको उपचारका लागी रेडियो बान्नीगढीले गोपीको आँखा बचाऊँ अभियान अन्तर्गत आर्थिक सङ्कलन अभियान सुरु गरेका थियो ।

अभियान अन्तर्गत शुक्रवारसम्म रेडियो बान्नीगढीले सङ्कलन गरेको ५७ हजार १ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।

आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसेको गोपीको उपचारका लागी हालसम्म ६७ हजार आर्थिक सङ्कलन भएको छ ।

यस अघि गोपीलाई उपचारका गेटा आँखा अस्पताल लैजानका लागी रेडियो बान्नीगढीका कार्यकारी निर्देशक धनराज साउँदले उपचारका लागी रु ५ हजार हस्तान्तरण गर्नु भएको थियो भने विभिन्न दाताबाट प्रतिबद्धता भई सङ्कलन हुन बाँकी रहेको रु ५ हजार रकम केही दिन पछि हस्तान्तरण गरिने छ ।

गोरु बाख्रा चराउन गएका बेला आँखामा गम्भीर चोट लागेको भए पनि आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन ।

केही दिन पहिले आँखामा असह्य पिडा भएपछि मात्र उनी साँफेबगरस्थित आँखा अस्पतालमा उपचारका लागी गएकोमा त्यहाँ उपचार हुन नसकी गेटा आँखा अस्पताल कैलाली रेफर गरिएको थियो ।

आँखाको उपचारका लागी गेटा आँखा अस्पताल कैलाली रेफर गरिएको भए पनि आर्थिक अभावका कारण उनी घर फर्किन थालेपछि स्थानीय व्यापारी तथा समाजसेवी नवराज साउँदको पहलमा हाललाई आर्थिक व्यवस्थापन हुने गरि उनलाई उपचारका लागी कैलाली पठाइएको थियो ।

आर्थिक अभावका कारण आँखाको उपचार हुन नसकेको खुले सँगै रेडियो बान्नीगढीका कार्यकारी निर्देशक धनराज साउँदले उनको उपचारका लागी आर्थिक सहयोग सङ्कलन गर्न गोपीको आँखा बचाऊँ अभियानको सामाजिक सञ्जाल मार्फत घोषणा गर्नु भएको थियो ।

अभियान अन्तर्गत उनको आँखाको उपचारका लागी देश तथा विदेशबाट ६७ हजार रकम सङ्कलन भएको छ । सङ्कलित रकम मध्य उपचारका लागी गएकै दिन ५ हजार र आज शुक्रवार ५७ हजार १ सय गरि ६२ हजार १ सय रुपैयाँ गोपीकी आमा अमृताले बुझी सकेकी छन् ।
यस्तै गोपीको उपचारका लागी सहयोगको प्रतिबद्धता भएका तर लक डाउनले प्राप्त नभएको ५ हजार रुपैयाँ केही दिन पछि वितरण गर्ने कार्यक्रम रहेको छ ।

गेटा आँखा अस्पतालमा उपचाररत १४ वर्षीय गोपीको आँखामा झिनो मात्रामा सुधार आएको भए पनि सोमवारसम्म मात्र आँखाको उपचारबारे थप भन्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

गोपीको आँखा बचाऊँ अभियान अन्तर्गत हालसम्म आर्थिक सहयोग गर्ने दाताहरू :-

१) एकिन्द्र कुँवर समाजसेवी हाल काठमाण्डौ रु ५००० ।

२) धनराज साउँद कार्यकारी निर्देशक रेडियो बान्नीगढी रु ५००० ।

३) दिनेश साउँद बर्दादेवी मालुकाटे हाल दक्षीण कोरीया रु ५००० ।

४) डम्बर बहादुर साउँद सान्डीक धारासैन हाल कोरिया रु ५००० ।

५) नवराज साउँद प्रहरी सहायक निरिक्षक रु ३००० ।

६) नाम नखुलाउने अधिकृत नेपाल सरकार रु २५०० ।

७) नाम नखुलाउने नायव सुव्वा नेपाल सरकार रु २५०० ।

८) दल साउँद ( MSI )अपरेटर रामारोशन गापा रु २२२२ ।

९) रमेश महर बयालपाटा अस्पताल रु २००० ।

१०) दिपेन्द्र साउँद नायव सुव्वा नेपाल सरकार रु २००० ।

११) समुन्द्रा बोगटी वडा सचिव बर्दादेवी रु २००० ।

१२) संगम साउँद एलोन ट्रेड एण्ड सप्लायर्स २०००।

१३) मोहन साउद सचिव युवा संघ नेपाल सु।प कमिटि २००० ।

१४) एकेन्द्र ठकुल्ल बेल्पाटा हाल धनगढी रु १५०५ ।

१५) रतन बहादुर साउँद अध्यक्ष रेडियो बान्नीगढी रु ११११।

१६) झपट थाापा दर्ना नायव सुव्वा नेपाल सरकार रु ११११ ।

१७) बिजय महरा सिभिल बैँक रु १०५५ ।

१८) समशेर साउँद दर्ना पन्साली ( शिक्षक ) रु १०५५ ।

१९) यज्ञमान खड्का सिभिल बैँक रु १०५० ।

२०) बिवेक खत्री तिमिल्सैन हाल रामारोशन गापा ना.सु रु ११११ ।

२१) बिष्णु साउँद भडासैन धारासैन (सशस्त्र)रु २१०० ।

२२ कृष्ण बुढा बयालपाटा अस्पताल ११५१ ।

२३) डम्बर भण्डारी सुतार हाल अमेरीका रु ३१०१ ।

२४) देवेन्द्र भण्डारी सुतार हाल काठमाण्डौ रु १५५५ ।

२५) मुकेश वडा बेल्पटा हाल साउथ अफ्रिका रु ३५१३ ।

२६) पशुपति कुँवर अध्यक्ष सम बिकास नेपाल रु २००० ।

२७ ) प्रविण रावल (लिडि हाल कोरिया ) रु ३१००


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस