कोरोना सङ्क्रमितको उपचारमा स्थानीय सरकारको चाँसो देखिएन, नागरिक असन्तुष्ट

कोरोना भाईरसको दोस्रो लहरको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै अछाममा निशेधाज्ञा जारी गरिएको छ ।
प्रशासनले गरेको निर्णयसँगै बजारमा चहलपहल घटेको छ । तर संक्रमितको उपचार र ब्यवस्थापनमा पालिकाहरु गम्भिर देखिएका छैनन् ।
यही वैशाख १९ गतेदेखि अछाममा अत्यावशक बाहेकका सबै गतिविधिमा प्रतिबन्ध लगाइएको छ । सङ्क्रमण समुदायस्तरमा पुगिसकेको अनुमानसहित जिल्ला विपद् ब्यवस्थापन समिति निषेधाज्ञा गर्ने निष्कर्षमा पुग्यो ।
तर जिल्लामा सङ्क्रमितको उपचार र व्यवस्थापनका लागि कसैको ध्यान नगएको कमलबजार पिसिआर प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्ट बताउनुहुन्छ ।
कोरोना भाइसरको दोस्रो लहर सङ्क्रमण र मृत्यु दरका हिसाबले पहिलो चरणको लहरभन्दा कडा भएको चिकित्सकहरूको विश्लेषण छ ।
अछाममा १० वटा स्थानिय तहहरु छन् । स्थानीय सरकारहरुको तयारी भने पहिलो चरणको भन्दा कम्जोर देखिन्छ । दोस्रो लहर प्रवेश गरेसँगै अछाममा मात्रै कोरोना सङ्क्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन् भने सङ्क्रमितको संख्या १ हजार बढी छ ।
आफै अस्पताल पुगेकाहरुको आधारमा यस्तो तथ्याङ्क देखिए पनि गाउँगाउँमा ज्वरोका बिरामी बढीरहेका छन् । तर उनीहरूको जाँच हुनसकेको छैन ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निर्णय र रणनीति बनाएर समन्वय भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्ध मल्लले बताउनुभयो ।
उहाँले कुन स्थानीय तहमा कति आइसोलेसन सेन्टर बनाउने र अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटरको अवस्था के छ लगायतका विषयमा बुझेर काम गरिरहेएको पनि बताउनुभयो ।
सुनौं एक रिपोर्ट
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस