अछाममा निषेधाज्ञा प्रभाव विहीन, कोरोना सङ्क्रमण बढेको बढेइ

देशका केही जिल्लामा कोरोना भाइरस सङ्क्रमणको लागि निषेधाज्ञा लगाइएको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणकै लागि लगाइएको निषेधाज्ञाको स्थानियद्धार अबज्ञाय हुँदा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । दोस्रो लहरमा जिल्लामा १ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यता जिल्ला प्रशासन कार्यालय अछामले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरेको छ तर स्थानीयले भने निषेधाज्ञाको पालना गरेको भने पाइँदैन ।
बजारमा बिना मास्क निस्केका निषेधाज्ञा अबज्ञाय गर्ने २८ जनालाई कारबाही गरेको र मास्क नलाउनेलाई सम्झाइ बुझाइ गर्ने गरिएको अछाम प्रहरीले जनाएको छ । जिल्लामा सुरक्षा सतर्कता अपनाएर निषेधाज्ञा कडा पार्ने प्रशासनले योजना बनाए पनि सर्वसाधारणले अटेरी गरेका छन् ।
जिल्लाको मंगलसेन, साँफेबगर, मुजा बगर अनि विनायक बजार र जयगढ बजारमा निषेधाज्ञाकै बेला पनि भिडभाड हुने गरेको छ ।
बिहानको समयमा मात्रै पसल खोल्न दिइए पनि कतिपय ठाउँमा साँझसम्म पनि पसल सञ्चालन गरेको पाइएको छ ।
अति आवश्यक बाहेकका सवारी साधन बाहेक अरू सवारी साधन चल्न नदिने भनिए पनि निर्बाधरुपमा सञ्चालन भइरहेका छन् ।
नागरिकको लापरबाही र सरकारी स्तरबाट सङ्क्रमण रोकथामका लागि ठोस पहल नहुँदा सङ्क्रमण समुदाय स्तरमै फैलिरहेका बेला चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद सङ्क्रमण रोकथामका लागि आवश्यक पहल भइरहेको बताउनुहुन्छ ।
अछाममा दोस्रो लहरमा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म २६ सय ८९ जना सङ्क्रमित भएका छन् ।
पहिलो लहर भन्दा दोस्रो लहरमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीले आग्रह गरिरहेका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस