Techie IT

कोरोना नियन्त्रणमा जयगढ प्रहरी : गाउँपालिकाले मास्क स्यानिटाइजर समेत दिन सकेन


कोरोनाको दोस्रो लहरसँगै दैनिक दर्जनौँ नागरिक सङ्क्रमित बनिरहेका छन् । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका पनि कोरोनाका कारण निकै प्रभावित बनेको छ ।

हालसम्म बान्नीगढी जयगढ गाउँपालिकामा २ जनाको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ भने सयौँ नागरिक सङ्क्रमित बनेका छन् । कोरोना नियन्त्रणका लागी जिल्लामा लक डाउन गरिएसँगै अछाम प्रहरी कोरोना नियन्त्रणमा अग्र मोर्चामा रहेर खटिरहेको छ ।

यता बान्नीगढी जयगढ गाउँपालिकामा भने कोरोना नियन्त्रणका लागी अग्र मोर्चामा रहेर खटिएका प्रहरीले गाउँपालिकाबाट आवश्यक कुनै सहयोग समेत नपाएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक तुलसी अर्यालले अछाममा निषेधाज्ञा सुरु भएसँगै कोरोना नियन्त्रण तथा निषेधाज्ञा कार्यान्वयनमा खटिएका प्रहरीलाई गाउँपालिकाले मास्क स्यानिटाइजर लगायत अवश्यक कुनै सामाग्री सहयोग गरेको छैन ।

जयगढ प्रहरी चौकीमा कार्यरत एक प्रहरीले समेत निशेषाज्ञा सुरु भए पश्चात गाउँपालिकाबाट मास्क सेनिटाईजर लगायत कुनै पनि स्वास्थ्य सामाग्री नपाएको बताउनुभयो । स्रोतका अनुसार बान्नीगढी जयगढ गाउँपालिकाका बागडोर सम्हालेका जनप्रतिनिधि र जयगढ प्रहरी बिच आवश्यक सुमधुर सम्बन्ध छैन ।

प्रहरीसँगको आवश्यक सम्पर्क समन्वय सुमधुर नभएकै कारण गाउँपालिकाका अधिकार प्राप्त जनप्रतिनिधिले प्रहरीलाई कुनै पनि मास्क सेनिटाईजर लगायत स्वास्थ्य सामाग्री उपलब्ध नगराउन कर्मचारीलाई दबाब दिने गरेको स्रोतको दाबी छ ।

निषेधाज्ञा अघि पनि कोरोना नियन्त्रणमा खटिएका प्रहरीलाई गाउँपालिकाका कर्मचारीले गोप्य रुपमा गाउँपालिका बाहिर मास्क सेनिटाईजर उपलब्ध गराएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यता गाउँपालिकाका स्टोर शाखा प्रमुख तिलक बहादुर ठकुल्लाले भने भने प्रहरीलाई आवश्यक स्वास्थ्य सामग्री गाउँपालिकाले उपलब्ध गराइएको दाबी गरेका छन् ।


क्याटेगोरी : कोरोना कहर, बान्नीगढी बिशेष, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस