अछाममा एक युवती झुन्डिएको अवस्थामा फेला

अछाममा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेन खाल बजार नजिकैको जङ्गलमा अन्दाजी १७–१८ बर्षीया युवती झुन्डिएको अवस्थामा फेला परेकी हुन ।
ती युवती हिजो सोमबार घरबाट बाख्रा चराउन भनी गएको र साँझ सम्म पनि घर नर्फीदा आफन्तले खोजी गर्दा मङ्गलवार आज बिहान झुन्डिएको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय शान्तडाले जनाएको छ ।
ती युवती रामारोशन गाउँपालिका वडा नम्बर ६ पुदुकी हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी इन्स्पेक्टर जनक बहादुर बोहराले जानकारी दिनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस