कोरोना नियन्त्रणमा सक्रिय नगर प्रमुख कुँवर, सङ्क्रमितलाई मनोबल उच्च बनाउन सुझाव

बयालपाटा अस्पतालमा निर्माण गरिएको अस्थायी इमेरजेन्सिको अवलोकन गरिएको छ ।
इमेरजेन्सिलाई आइसोलेसन कक्ष बनाउँदा साँफेबगर नगरपालिका द्वारा निर्माण गरिएको अस्थायी इमेरजेन्सिको नगरप्रमुख कुल बहादुर कुवरको एक टोलीद्वारा अवलोकन गरिएको हो । वयलपाटा अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमित सँग पनि भेटघाट गर्नुका साथै वयलपटा अस्पताल अस्पतालको अवस्थाका बारेमा बुझ्नुभएको छ ।
वयलपटा अस्पताल तत्काल देखिएको समस्याका बारेमा मेडिकल निर्देशक डा. मन्दिप पाठकसँग जानकारी लिनुभएको छ ।
मेडिकल निर्देशक डा. पाठकले वयलपाटा अस्पतालको सहयोगमा कोरोना सङ्क्रमितको उपचारमा अहिले सहज भएको धारणा व्यक्त गर्नुभयो । उहाँले तत्काल अहिले अस्पतालको सिटामोलको समस्या रहेको बारेमा नगर प्रमुख कुँवरलाई जानकारी गराउनु भयो ।
नगर प्रमुख कुँवरले बुधवार वयलपाटा अस्पताललाई औषधी उपलब्ध गराउने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो । यस्तै उहाँले अन्य आवश्यक थप स्वास्थ्य सामग्रीको लागि पनि पहल गर्नुभएको छ ।
डा. पाठकले जिल्लाका सबै पालिका, बाजुरा र डोटीका केही पालिकाले अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता जनाए पनि साँफेबगर बाहेक कुनै पालिकाबाट सहयोग नआएको जानकारी दिनुभएको छ ।
प्रतिबद्धता अनुसार सहयोग नहुँदा अस्पताल सञ्चालनमा समस्या रहेको उहाँको भनाई रहेको छ । नगर प्रमुख कुँवरले नगरपालिकासँग यो वर्ष रकम नभए पनि उदारो स्वास्थ्य सामग्री ल्याएर भए पनि उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
साँफेबगरमा कोरोना संक्रमतिको सख्या पनि बढ्दै गएको छ । साँफेबगर नगरपालिकामा ५८ महिला र ९६ जना पुरुष गरी १ सय ५४ जना कोरोना सङ्क्रमित रहेका छन् भने चार जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस