पानी पर्दा कैलाश खोला क्षेत्रका नागरिक त्रासमा, खोलामा पानीको बहाव बढ्यो

वर्षा सुरु भयसँगै अछामको रामारोशन गाउँपालिका कैलाश खोला क्षेत्रका नागरिक पानी पर्दा फेरी त्रासमा बस्न थालेका छन् ।
बुधवार राती देखी लगातार वर्षा भएपछि कैलाश खोला क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् ।
गत वर्षको बाढीमा कैलाश खोलामा आएको बाढीले धेरै जनधनको क्षेती गरेको कैलाश खोला क्षेत्रका नागरिक पानी पर्दा चिन्तित भएको बताउँछन् ।
बर्खा सुरु भयसँगै कैलाश खोलामा पनि पानीको बहाव बढेको र यो वर्ष पनि खोलामा बाढी आउने सम्भावना भएकाले चिन्तित भएको खाल बजारमा व्यापार गरी बस्ने रविन्द्र खनालले बताउनुभयो ।
बुधवार रातिदेखि निरन्तर वर्षा भएपछि कैलाश खोलामा पानीको बहावसमेत बढेको छ ।
अछामका लेकाली क्षेत्रमा पानी परेपछि खोलामा पानीको सतह बढ्ने र वारिपारिका ठाउँमा कटान सुरु हुन्छ । यहाँ स्थानीयको सयौँ बिघा जमिन नदीमा मिसिएको छ ।
गत वर्ष आएको बाढीले रामारोशनको कैलाश खोला आसपासका खेती बालुवामा परिणत भएका थिए । यो वर्ष पनि पूर्व तयारी नहुँदा थप चिन्ता थपेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस