अछाममा कन्ट्याक्ट ट्रेसिङ फितलो : सङ्क्रमण दर बढ्यो

अछाममा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ ।
भारत तथा देशकै बिभिन्न सहरबाट फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ ।
अछामको कमलबजार पिसिआर प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर विष्टले भारतबाट आएका र अन्य कोरोना संक्रमितको सम्पर्कमा आएका नागरिकको कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा सङ्क्रमण दर बढेको बताउनुभयो ।
भारतबाट निर्वाधरुपमा नागरिकहरु गाउँमा फर्कीरहेका छन् । अछामा आज मात्रै ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सङ्क्रमणको दर बढ्दै जाँदा अछामा जटिल अवस्थाका बिरामी पनि बढ्दै गएका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना भने सङ्क्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जानकारी दिनुभयो ।
भारतमा र नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै अछाममा पनि कारोनाको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ ।
भारतबाट फर्किनेबाट नै समुदायमा सङ्क्रमण बढी देखिएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लालाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस