सामाजिक सञ्जालमार्फत रकम संकलन कार्यप्रति जिल्ला प्रशासन कार्यालय अछामको ध्यानाकर्षण

जिल्ला प्रशासन कार्यालय अछामले सामाजिक सञ्जालमार्फत रकम संकलन भइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोना भाइरस संक्रमण फैलि रहेको समयमा सहयोगका नाममा सामाजिक सञ्जाल मार्फत रकम असुली भइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पताललाई सहयोग गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने, बिरामीलाई पोषिलो खाने कुरा वितरण गर्ने, वा एम्बुलेन्स उपलब्ध गराउने लगायतका विभिन्न नाममा जिल्लामा सामाजिक सञ्जालमार्फत रकम संकलन नगर्न आग्रह गरेको छ ।
व्यक्ति विशेषले यस प्रकारको कार्य गर्नु चन्दा एैन २०३० विपरित भएकाले चन्दा नदिन र नलिन सर्वसाधारण प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।
अन्यथा चन्दा ऐन २०३० को दफा १३ बमोजिम कारवाही हुने विज्ञप्तीमा उल्ल्लेख गरिएको छ ।
कुनै व्यक्तिले स्वेच्छिक रुपमा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रकम जम्मा गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवारमा रहेको कोषको खाता न १९६०००००११०१ मा जम्मा गर्न सकिने र जम्मा गरेपछि जम्मा गरेको भौचरको छाँयाप्रति कार्यालयलाई उपलब्ध गराउनु समेत आग्रह गरेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस