अक्सिजन सहितको १० बेडको अस्पताल सञ्चालन गदैछौ : अध्यक्ष साउँद (कुराकानी सहित)

रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउँदले कोरोना सङ्क्रमण रोकथाम तथा सङ्क्रमितको व्यवस्थापन आवश्यक तयारी तीव्र पारिएको बताउनु भएको छ ।
विकास निर्माणका क्रियाकलापलाई भन्दा पनि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी आवश्यक क्रियाकलाप सञ्चालनमा जोड दिइएको अध्यक्ष साउँदले बताउनु भएको हो ।
हाल रामारोशन गाउँपालिकामा सङ्क्रमण रोकथामसँगै सङ्क्रमितको उपचारका लागी गाउँपालिकामा १० वटा सिलिन्डर व्यवस्थापन गरिसकेको र अक्सिजन सहितको १० बेडको अस्पताल सञ्चालनका लागी तयारी तीव्र पारिएको अध्यक्ष साउँदले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष साउँदका अनुसार गाउँपालिकामा ५ बेडको कोभिड अस्पताल तयारी अवस्थामा रहेको र कोरोना सङ्क्रमितको उपचारको लागि १० थान अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ ।
पालिकामा निषेधाज्ञासँगै अत्यावश्यक सेवा दिइएको र कोरोना परीक्षणको दायरामा वृद्धि गर्नुका साथै सचेतनाका कार्यक्रममा जोड दिइएको साउँदले बताउनुभयो ।
रेडियो बान्नीगढीसंग संक्षिप्त कुराकानी गर्दै उहाँले गाउँपालिकाका विकास निर्माण कार्य भन्दा कोरोना सङ्क्रमण रोकथामका लागि सरोकारवाला सँग छलफल गर्दै कोरोना नियन्त्रणमुखी बजेट विनियोजित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विकसित रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागी पालिकाको पहलमा मात्र सबै कुरा सम्भव नहुने बताउँदै उहाँले सङ्क्रमण रोकथामका लागी सबै नागरिक तथा सरोकारवाला जिम्मेवार हुनुपर्नेमा जोड दिनु भएको छ ।
रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउँदसंग गरिएको कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस