Techie IT

मङ्गलसेनका कोरोना सङ्क्रमित पुरुषको मृत्यु


जिल्ला अस्पताल अछाममा थप १ जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका १ का ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज दिउसो ४ बजेर ४५ मिनेटमा जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्वाजले जानकारी दिनुभयो ।

सङ्क्रमित पुरुषलाई श्वास प्रश्वास तथा अक्सिजनको मात्रा कम भएर जेठ ७ गते मात्रै जिल्ला अस्पताल अछाममा ल्याइएको उहाँले बताउनु भयो ।

अछाममा दोस्रो लहरमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!