अछाममा थप १० दिन निषेधाज्ञा

अछाममा थप १० दिनका लागि निषेधाज्ञा लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ २२ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
छिमेकी देश भारतमा र देशमै पनि संक्रमण तिब्र रुपले बढीरहेका, अछाममा अछामीबासीहरु भारतबाट घर फर्किनेक्रम जारीरहेकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
अछाममा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो । पहिलो चरणको निषेधाज्ञा जेठ २ राति १२ बजे सकिएको थियो । तर फेरी दोस्रो पटक १० दिन थप गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिँदै थियो ।
कोभिडका बिरामी जिल्लामा बढेको र मृत्यु दरसमेत उच्च रहेको पाइएपछि निषेधाज्ञा जेठ २२ गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्ध मल्लले रेडियो बान्निगढीसंग बताउनुभयो ।
रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी मल्लले औषधि, स्वास्थ्य सामग्री बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रूपमा बन्द गर्ने र स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा सेवा उपलब्ध गराउने सकिने निर्णय बैठकले निर्णय गरेको हो ।
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस