Techie IT

रणनीतिक योजना बिना प्रभावकारी विकास सम्भव छैन : पूर्वमन्त्री बोहरा


सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले रणनीतिक योजना बिना प्रभावकारी विकास सम्भव नहुने बताउनु भएको छ ।

नेकपा एमाले अछामका इन्चार्ज समेत रहनु भएका बोहराले दिगो र प्रभावकारी विकासका लागी रणनीतिक योजना तयार गरि अघि बढ्नुपर्ने बताउनु भएको हो ।

भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवाको सरोकार विषयक भर्चुअल जुम मिटिङमा बोल्दै पूर्व अर्थमन्त्री तथा नेता बोहराले ५ बर्षे रणनीतिक योजना तयार गरि विकास निर्माणका क्रियाकलाप संचालन गर्नुपर्ने बताउनुभयो ।

रणनीतिक योजना बिना संचालन गरिएका योजना प्रभावकारी र लाभदायक हुन नसक्ने बोहराको भनाइ छ ।

कार्यकर्ता तथा आम नागरिकको चित्त बुझाउनकै लागी १ बर्से योजनामा बजेट खर्च गर्दा वित्तीय स्रोतको दुरुपयोग हुनुका साथै त्यस्ता योजनाबाट लाभ हाँसील गर्न नसकिने उहाँले बताउनुभयो ।

समृद्ध जयगढ गन्तव्य अभियानको आयोजनामा सुरु भएको भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवाको सरोकार विषयक सप्ताहव्यापी कार्यक्रममा बिहीबार प्रमुख वक्ताको रुपमा रहनु भएका बोहराले अभियान सुरुवात गरिएकोमा खुसी व्यक्त गर्दै अभियानमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माणका लागी युवाहरू निष्पक्ष,गैर राजनीतिक रुपमा अघि बढ्नुपर्ने पूर्वमन्त्री तथा एमाले अछामका इन्चार्ज बोहराले सुझाव दिनुभयो ।

समृद्ध जयगढ गन्तव्य अभियानको आयोजनामा भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवाको सरोकार बिषयक सप्ताहव्यापी कार्यक्रम यहि जेठ १७ गतेसम्म संचालन गरिने छ ।


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस