Techie IT

प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्रको घाँटी निमोठे : नागरिक अगुवा केसी (कुराकानी सहित)


जेठ १५ गते अर्थात् राजतन्त्रात्मक मुलुकले युगान्तकारी फड्को मारेको दिन । राजतन्त्रलाई संसदीय मतदान प्रक्रियाद्वारा शान्तिपूर्ण रूपमा बिदाइ गर्न सफल भएको दिन हो, आज ।

संविधानसभाको पहिलो बैठक अर्थात् २०६५ जेठ १५ का दिन गडगडाहट तालीका साथ भारी बहुमतबाट घोषणा भयो, ‘नेपाल, एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ।’

त्यही दिन संविधानसभाले तत्कालीन राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटीबाट हटाउन सरकारलाई निर्देशन दियो । संविधानसभाको निर्णयलाई शिरोधार्य गर्दै २०६५ जेठ २९ का दिन नारायणहिटी खाली गरेका थिए ।

त्यही कारण नेपालको राजनीतिक इतिहासमा ‘जेठ–१५’ लाई ऐतिहासिक दिन मानिन्छ । अपेक्षाकृत सफलता नमिलेकै कारण नेपालको गणतन्त्रको परिवेश अनेकन् प्रश्न, द्विविधाको दोसाँधमा छ ।

यसै बिच नेपाली काँग्रेस अछामका पूर्व सभापति तथा ज्येष्ठ नागरिक सङ्घ अछामका सचिव कर्ण केसीले संविधानको घाटी निमोठ्ने काम भइरहेको बताउनुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको गलत संस्कार र व्यवहारका कारण संविधानसँगै गणतन्त्रको घाटी निमोठ्ने काम भएको र नागरिकले दुष्परिणाम भोग्नु परिरहेको बताउनुभयो ।

गणतन्त्र दिवसको अवसरमा रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्वकर्ताको संस्कार र व्यवहारमा निर्भर रहने बताउँदै अहिले राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहार गलत भएकाले देशले दुष्परिणाम भोग्नुपरेको बताउनुभयो ।

नेता केसीले कोभिड—१९ को महामारीका कारण देश र जनता अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बेला सरकार जनताको जीवनप्रति उदासीन र संवेदनहीन देखिएको उहाँको भनाइ छ । देशको राजनीतिको कारण राज्यप्रति नागरिकहरूको भरोसा कम हुँदै गएको उहाँले बताउनुभयो ।

यसैबिच आज हामीले नेपाली काँग्रेस अछामका पूर्व सभापति तथा ज्येष्ठ नागरिक सङ्घ अछामका सचिव कर्ण केसीसँग गणतन्त्र दिवसको बारेमा कुराकानी गरेका छौ ।

कुराकानी :-


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!