Techie IT

राजनीतिक संरक्षणकै आडमा भ्रष्टाचार मौलायो : स्वार (भिडियो सहित)


राजनीतिक संरक्षणकै आडमा देशमा भ्रष्टाचार मौलाउँदै गएको विश्व ट्रेड युनियन महासङ्घ केन्द्रीय सदस्य मोहनमान स्वारले बताउनु भएको छ ।

पेसागत महासङ्घ नेपालका सहसंयोजक समेत रहनु भएका स्वारले बान्नीगढीका लागी युवाको भूमिका विषयक सप्ताहव्यापी भर्चुअल कार्यक्रममा बोल्दै राजनीतिक संरक्षण र भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रको अकर्मण्यताका कारण सबै क्षेत्रमा भ्रष्टाचार मौलाएको बताउनु भएको हो ।

भ्रष्टाचारमुक्त र समृद्ध समाजका लागी युवाहरूसँगै आम नागरिक जागरूक बन्नुपर्ने उहाँको भनाइ छ । समृद्ध जयगढ गन्तव्य अभियानको आयोजनामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा शनिवार प्रमुख वक्ताको रुपमा बोल्दै स्वारले भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रको अकर्मण्यता,कमजोरीपनका कारण समाजमा भ्रष्टाचार मौलाउँदै गएको बताउनुभयो ।

भ्रष्टाचार गरेर, चोरी डकैती नियम विपरीत कार्य गरेर आर्थिक आर्जन गरेकाहरूलाई बहिस्कार गर्नुको टाँसो आर्थिक हिसाबले ठुलो ठान्ने सम्मान गर्ने परिपाटी कारण पनि भ्रष्टाचार मौलाउँदै गएको स्वारको दाबी छ ।

राजनीतिक हिसाब र कानुनी हिसाबले समेत भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्ने परिपाटीले समेत समस्या निम्तिएको उहाँले बताउनुभयो । यस्तै विभिन्न तह तथा निकायको पद र शक्तिमा रहेका माथिल्ला तहका व्यक्तिबाट पदको दुरुपयोग सँगै भ्रष्टाचार तथा नीति विपरीत क्रियाकलाप भइरहेको स्वारको भनाइ छ ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न बनेका कानुन कार्यान्वयनमा कडाइ गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । विकास र समाज परिवर्तनका बान्नीगढीका युवाहरू एकमत भएकोमा खुसी व्यक्त गर्दै स्वारले अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विश्व ट्रेड युनियन महासङ्घ केन्द्रीय सदस्य तथा पेसागत महासङ्घ नेपालका सहसंयोजक रहनु भएका राष्ट्रसेवक स्वारका विभिन्न पुस्तकहरू बजारमा प्रकाशित छन् ।

करिब ४० जना युवाहरू सहभागी रहेको कार्यक्रममा अछामका पूर्व प्रमुख जिल्ला अधिकारी शीतल रावल समेत सहभागी हुनुहुन्थ्यो भने युवाहरूले प्रमुख वक्ता स्वारसंग विभिन्न जिज्ञासा राखेका थिए ।

भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवाको सरोकार विषयक अन्तरक्रिया कार्यक्रम समृद्ध जयगढ गन्तव्य अभियानको आयोजनामा जेठ ११ गते देखी १७ गतेसम्म सञ्चालन भइरहेको छ ।

कार्यक्रममा पूर्ण रावलले पृष्ठपोषणका साथै आवश्यक सहजीकरण र अभियानका संयोजक तारा प्रसाद पाण्डेले संयोजन गरिरहनु भएको छ ।

भिडियो :-


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!