Techie IT

वर्षा याम सुरु भयसँगै अछामका ग्रामीण सडक अवरुद्ध : के भन्छन् पालिका प्रमुख


वर्षा याम सुरु भयसँगै अछामका ग्रामीण सडक अवरुद्ध हुन थालेका छन् ।

ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडकहरू वर्षा याम सुरु भयसँगै अवरुद्ध हुन थालेका हुन् । केही दिन देखी अविरल वर्षा सुरु भयसँगै जिल्लाका १० वटै पालिकामा निर्माण गरिएका ग्रामीण सडकको अवस्था नाजुक बनेको छ ।

ग्रामीण सडक जता ततै हिलाम्मे बनेका छन् भने ढिस्का खस्दा तथा भलले चिरा पार्दा सडकहरू अवरुद्ध भएका छन् । जयगढ रामारोशन ग्रामीण सडक खण्ड अहिले हिलाम्मे भएको छ । सडकका खोला किनार आसपास र जीर्ण भएका सडकमा यात्रा गर्न सकस भएको स्थानीयले दुखेसो गरेका छन् ।

वर्षा याम सुरु भयसँगै ग्रामीण सडक अवरुद्ध भई नागरिकलाई सास्ती हुन थालेपछि स्थानीय तहहरूले ग्रामीण सडक अवरुद्ध हुन नदिन विभिन्न योजना बनाउन थालेका छन् । जिल्लाको मंगलसेन नगरपालिकाका वडाहरूमा निर्माण गरिएका सडक भत्किदा नगरपालिकाले जनशक्ति परिचालन गरि नगरपालिकाको डोजर प्रयोग गरि मर्मतको काम थाल्ने बताएको छ ।

पानी पर्न थालेसँगै वडामा निर्माण गरिएका सडक भत्किदा कोरोना सङ्क्रमितको उपचारको लागि र अन्य बिरामीको उपचार गर्न अस्पताल पुर्‍याउन समस्या हुने तर्फ सचेत बन्दै सडक मर्मतको लागि पूर्व तयारी थालेको हो ।

नगरप्रमुख पदम बहादुर बोहराले विगतका वर्षमा क्षतविक्षत भएका सडकको मर्मत कार्य चलिरहेको र यो वर्ष पनि ग्रामीण सडकमा समस्या आउन नदिन नगरको जेसीबि र अन्य जनशक्ति तयारी अवस्थामा रहेको बताउनुभयो ।

सडक निर्माण गर्दा दिगो हुने गरि निर्माण नगर्दा यस्तो समस्या आएको र आगामी आर्थिक वर्षमा निर्माण गर्दा दिगो हुने गरि सडक निर्माण गर्न आग्रह गर्नुभयो । कोरोना संक्रमण नगरमा बढिरहेको र सडक अवरुद्ध हुँदा समस्यालाई समाधान गर्न आफू गम्भीर रहेको बताउनुभयो ।

कुराकानी: बोहरा

यता चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले पनि वर्षा याममा सहज यातायात सेवा दिन सचेत बनेको बताउनुभएको छ । गाउँपालिमा रहेका सडक कर्मचारी अर्थात् जनशक्ति परिचालन गर्ने र थप व्यवस्थापन गर्न मेसिन तयारी अवस्थामा राखेको बताउनुभयो । ग्रामीण सडक मर्मत गर्न गाउँपालिकाले बजेटको व्यवस्था गर्ने उल्लेख गर्नुभयो ।

कुराकानी : साउँद


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस