Techie IT

अध्यक्ष खड्का एमाले भने पछि देख्नै नसक्ने भएपछि हामी बिच विवाद भयो : उपाध्यक्ष साउद


बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँदले गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का एमाले भनेपछि देख्नै नसक्ने भएपछि आफूहरू बिच विवाद भएको खुलासा गर्नु भएको छ ।

भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवाको सरोकार विषयक सप्ताहव्यापी भर्चुअल अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साउँदले यस्तो खुलासा गर्नु भएको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको अवस्थामा आफू नेकपाको गाउँपालिका इन्चार्ज रहेकोमा गाउँपालिका अध्यक्ष खड्काले विभिन्न कार्य गर्दा तत्कालीन नेकपा एमाले भन्ने बित्तिकै देख्नै नचाहने गरेपछि आफूहरूबिच विवाद भएको साउँदले खुलासा गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित साउँदले दुई पाटी मिलेर बनेको नेकपा पुनः विभाजन भएसँगै आफूहरू बिच कुनै विवाद नरहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष,उपाध्यक्षको मिलेमतोमा भ्रष्टाचार हुने गरेको अनावश्यक आरोप लगाइएकोमा आपत्ति जनाउँदै उपाध्यक्ष साउँदले आफूले भ्रष्टाचार गरेको प्रमाणित भएका हदैसम्मको सजाय भोग्न तयार रहेको उल्लेख गर्नु भएको छ ।

समृद्ध जयगढ गन्तव्य अभियानको आयोजनामा भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवाको सरोकार बिषयक अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

सप्ताहव्यापी भर्चुअल अन्तरक्रिया कार्यक्रमको अन्तिम दिन समाजसेवी तिलक बहादुर खत्री प्रमुख वक्ताका रूपमा रहनु भएकोमा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदको विशेष उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!