Techie IT

कोरोना नियन्त्रणका लागी सवै नागरिक जिम्मेवार बन्नुपर्छ : अध्यक्ष कुँवर


नेकपा (एमाले) जिल्ला कमिटी अछामका अध्यक्ष एबं राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवरले कोरना महामारिको संक्रमणको दरमा कमि ल्याउन सबै नागरिक जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी अछामको आयोजनामा काठमाडौमा बसोबास गर्ने अछामि मार्फत जिल्लामा आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने उदेश्यले आयोजना गरिएको भर्चुअल बैठकमा अध्यक्ष शेरबहादुर कुवरले सुरक्षित भएर जिल्ला बासिलाइ सहयोग गर्न सबै नेता कार्यकर्ता लाई आग्रह गर्नु भयो ।

जुम बैठकमा सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य बमबहादुर बि सि र शंकर भण्डारीले कोरनाको संक्रमणका कारण समस्यामा परेका हरेक नागरिकलाइ पार्टीका नेता कार्यकर्ताले मानबिय भावनाले सहयोग गर्ने कार्यमा लाग्न अनुरोध गर्नु भयो ।

बैठकमा तिलक शर्मा नारायण रावत कमल कुवर र शुरेन्द्र शाहिले जिल्ला पार्टीले सहयोगका लागि गरेको अपिललाइ कार्यान्वयन गर आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

यस अघि नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष एबं राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवरले जिल्ला स्थित सरोकारवाला पार्टीका नेता कार्यकर्ता प्रबासी नेपाली संघ भारतका पदाधिकारी नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्र प्रदेश र जिल्लाका पदाधिकारी प्रेस चौतारीमा आवद्ध पत्रकार संग छलफल गरेको थियोे ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!