Techie IT

जयगढ बजार अनुगमन : अखाध्य बस्तु बेच्ने ५ ब्यापारीलाई जरिवाना


अछाम जिल्लामा बजार अनुगमनलाई तिव्रता पारिएको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई तिव्रता दिएको हो ।

कोरोनाको कहरमा समेत सुरक्षाका मापदण्ड पूर्णरुपले पालना गर्दै बजार अनुगमनलाई तिव्र पारिएको टोलीमा सहभागीले बताएका छन् । सोही अन्र्तगत सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाको एक टोलीले बान्निगढी जयगढ गाउँपालिकाको प्रमुख व्यापारीक केन्द्र जयगढबजारमो अनुगमन गरेको हो ।

बिशेष गरेर बजारमा रहेका खाद्यन्न पसलहरुमा अनुगमन गरीएको हो । जिल्लामा निषेधाज्ञा भएको बेला अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताउनुभयो ।

अनुगमन भएका ७ वटा पसलमध्ये नियम विपरीतका गतीविधी भएको पाईएपछि ५ वटा पसलका व्यापारीलाई ३० हजार जरीवाना गराईनुका साथै ७ वटै पसलका व्यावसायीलाई सचेत गराईएको छ । यस्तै अनुगमनका क्रममा बरामद गरीएका म्याद नाघेका खाद्य वस्तुहरुलाई आजै नष्ट गरीएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दीएको छ ।

म्याद नाघी सकेपछि पनि बेच्न राखीएका दालमोट, मान मसला, मिठाई, भुजा, बिस्कुट, सुजि, आटा, खाजा चटपट लगायतका वस्तुहरु बरामद गरी नष्ट गरीएको हो । यस्तै किसान मदिरा २ पेटि, शिखर वियर १ पेटि, टुवोर्ग वियर १ पेटि, स्विफ्ट मदिरा १ पेटि र नापतौल काटा १ थान बरामद गरीएको छ ।

अरु केही व्यावसायीलाई पहिलो पटकलाई सचेत समेत गराईएको छ । यसअघि पनि बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदको नेतृत्वमा जयगढ बजारको अनुगमन गरिएको थियो तर त्यो अनुगमन प्रवाहबिहिन बनेको छ ।

बजार अनुगमनका क्रममा पसलहरूको अनुगमन गर्दै गाउँपालिकाले मूल्य सूचि उपलब्ध गराउनुका साथै पसलमा अनिवार्य रुपमा मूल्य सूचि टास्न आग्रह गरेको भएपनि ब्यापारीले अटेरी गरेका छन् । जयगढ बजार क्षेत्रमा धेरै खाद्य सामग्री म्याद सकिएका भेटिएकोले सामना खरिद गर्दा प्रयोग गर्न सकिने अवधि अनिवार्य रूपमा हेर्नहुन अनुरोध गरिएको छ ।

पछिल्लो ५ दिनमा जिल्ला प्रशासन कार्यालय अछामद्धारा जिल्लाका बिभीन्न बजार क्षेत्रमा गरिएको अनुमनबाट ५ लाख बढीको सामाग्री जफतका साथै १२ जना ब्यापारीलाई कारवाही गरी ८७ हजार ५ सय जरीवाना गरेको छ ।

अनुगमन टोलिमा घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकारी प्रकाश उपाध्याय, इलाका प्रहरी कार्यालय जयगढका इन्चार्ज रमेशराज भट्ट, रेडियो बान्निगढीका एकेन्द्र थापा लगायतकोे सहभागिता रहेको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!