Techie IT

अछाममा जारी निषेधाज्ञा थप ९ दिन लम्बियो


कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अछाम जिल्लामा जारी निषेधाज्ञा थप ९ दिन लम्बिने भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र अछामको सिफारिस र जिल्ला सुरक्षा समितीको शुक्रबार आज बसेको बैठकले थप ९ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञाको अवधी शनिबार भोलि राती १२ बजेदेखि सुरु भई जेठ ३१ गते राती १२ बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।

पछिल्लो केही दिन यता जिल्लामा कोरोना संक्रमणको दर बढ्नुका साथै भारतबाट जिल्ला भित्रिने क्रम जारी रहेको र संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेपछि निषेधाज्ञा लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताउनुभयो ।

निषेधाज्ञा अवधिभर पुर्वनिर्धारीत आदेशहरु नै पालना गर्नुपर्नेछ । अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सवारीसाधन बन्द हुनुका साथै खाद्य सामग्री, औषधी र स्वास्थ्य सामग्रीका पसल मात्रै तोकिएको समयमा खोल्न पाईनेछ ।

निषेधाज्ञा अवधिभर मेला, सभा, सम्मेलन जस्ता भिडभाड हुने कार्य नगर्ने, विकास निर्माण, सार्वजनिक सेवा प्रदायक संस्था, बिरामी ओसारपसारका लागि एम्बुलेन्स वा गाडी प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य बनाउनु पर्नेछ ।

यसअघी अछाममा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रण गर्न वैशाख १९ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

उक्त जारी गरिएको निषेधाज्ञा भोलि शनिबार रातीबाट सकीन लागेको छ भने भोलि शनिबार आजराती देखि नै निषेधाज्ञाको थपिएको अवधि पनि सुरु हुनेछ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!