Techie IT

अछाममा थप ५० जनामा कोरोना संक्रमण पुष्टि ,थप १९ जना संक्रमण मुक्त


अछाममा शुक्रबार थप ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

आज पीसीआर परीक्षणमा ४६ जना र एन्टीजेन परीक्षणमा ४ जना गरी जम्मा ५० जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ६४ जनाको नमुना परिक्षण भएकामा जम्मा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमध्ये ३३ जना तुर्माखाँद गाउँपालिकाका रहेका छन । गाउँपालिकाको वडा नम्बर ३ र ४ का ४१ जनाको नमुना परीक्षण गरीएकामा ३ जना महिला र ३० जना पुरुषमा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

यस्तै जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ९ का ४ जना महिला र ९ जना पुरुष गरि १३ जनामा संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला बाहिर बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ३ का ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यो सहित हालसम्म प्रयोगशालामा ७ हजार २ सय ९२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जिल्लाका विभिन्न पालिकामा ३३ जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा थप ४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

संक्रमण देखीनेमा रामारोशन गाउँपालिका वडा नम्बर ४ का ३ जना पुरुष र पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ का १ जना पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मीन बहादुरले कुवँरले जानकारी दिनु भएको छ।

यसैबिच अछाममा आज १९ जनाले कोरोनालाई जितेका छन् । संक्रमण पुष्टी भई होम आईसोलसन र अस्पतालको आईसोलेनमा उपचार गराईरहेका १९ जनाले कोरोना जितेका हुन् ।

यो संगै जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमणमुक्त हुनेको संख्या १ हजार ९ सय ८ जना पुगेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमणमुक्त हुनेमा ५ सय ७९ जना महिला र १ हजार ३ सय २९ जना पुरुष रहेका छन् । अहिले जिल्लाभर ४ सय १६ जना सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये ३ सय ७६ जना होम आईसोलेसनमा छन् भने ३१ जना अस्पतालको आईसोलेसनमा छन् ।

आज थप ३ जना बिरामी अस्पताल भर्ना भएका छन् भने आईसोलेसनबाट नीको भई १ जना बिरामी डीस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


क्याटेगोरी : कोरोना कहर, मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!