Techie IT

जोखिम कम गर्न प्रयासरत छौँ : नगरप्रमुख बोहरा (कुराकानी सहित)


मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले कोभिड–१९ सङ्क्रमितका बिरामीको उपचारमा मंगलसेन नगरपालिकाले हातखुट्टा नछाडेको बताउनुभएको छ ।

नगरप्रमुख बोहराले सङ्क्रमितको उपचारको सबै जिम्मेवारी नगरपालिकाले लिएको बताउँदै सङ्क्रमणबाट आतङ्कित हुने अवस्था नरहेको जनाउनुभयो ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै नगर प्रमुख बोहराले स्थानीय सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार रहेको बताउँदै उहाँले नगरपालिका बासीको जीवन जोगाउन हर प्रयास गरिरहेको समेत उल्लेख गर्नुभयो ।

नगरप्रमुख बोहराले एकै चोटि सङ्क्रमणको दोस्रो लहर आएको र दोस्रो भेरियन्ट आक्रमणकारी रहेकाले हठात सङ्ख्या बढ्दो रहेको जनाउनुभयो ।

उहाँले सङ्क्रमण रोकथाम र नियन्त्रणमा आफ्नो व्यवस्थापनमा कहीँ कतै कमजोरी भएको भए नैतिक जिम्मेवारीसमेत लिइने स्पष्ट पार्नुभएको छ ।

यस्तै उहाँले कोरोना सङ्क्रमण रोकथामका लागी वडासदस्यहरुले सक्रियता नदेखाएको समेत बताउनुभयो । कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले जसरी सङ्क्रमण नियन्त्रणमा सक्रियता देखाउनुभएको छ त्यसरी वडासदस्यहरुले सक्रियता नदेखाएको बताउनुभयो ।

नगर प्रमुख बोहराले कोरोना सङ्क्रमण रोकथाम गर्न र सङ्क्रमितको उपचार गर्न बिपद कोषको स्थापना गरेको समेत जानकारी दिनुभयो । कोरोना सङ्क्रमण रोकथाम गर्न नगरपालिकाका १४ वटै स्वास्थ्य चौकीमा औषधीको अभाव हुन नदिने दाबी गर्नुभएको छ ।

औषधीको अभाव हुन नदिन अन्य विकास निर्माणका योजना कटौती गरेर औषधीको जोहो गर्ने बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस