Techie IT

अछाममा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु


अछाममा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान आज बुधवार बाट सुरु भएको छ ।

देशभर जेठ २५ गतेदेखि अभियान सञ्चालनमा आएको र अछाममा आज बाट सञ्चालन भएको हो ।

सरकारले जेठ २५ गतदेखि ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई खोप दिने भने पनि पछि संशोधन भएर ६२ देखि ६४ वर्षका नागरिकलाई दिने भनेकाले खोप अभियान सुरु गर्न केही ढिलाइ भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बान्निगढी टुडेसंग बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका, बान्निगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकाका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो ।

यस्तै बाँकी रहेका रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा दोस्रो मात्रा आउना साथ लगाइने पनि जानकारी दिइएको छ ।

उक्त अभियानका लागि स्थानियतहका प्रत्येक वडाका स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालय अछामले जनाएको छ । खोप लगाउन आउँदा आफ्नो उमेर खुल्ने प्रमाणपत्र साथमा लिएर आउन हुन समेत आग्रह गरिएको छ ।

यस्तै खोप लगाउन आउँदा र खोप लगाउँदा स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न समेत स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

एकेन्द्र खत्री
खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस