Techie IT

सहायक सिडिओ तिमिल्सैनाले शील गरेका पसलमा ३ ट्रली बढी अखाद्य बस्तु भेटियो


जयगढ बजारमा अनुगमनका क्रममा शील गरिएका पसलहरूमा ३ ट्रली बढी म्याद गुज्रेका अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन तिमिल्सैना नेतृत्वको टोलीले शील गरेका २ वटा पसलबाट करिब ३ ट्रली भन्दा बढी अखाद्य सामाग्री बरामद गरि नष्ट गरिएको हो ।

जेठ २० गते अनुगमनका क्रममा उल्लेख्य मात्रामा अखाद्य बस्तु भेटिएसँगै सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले जयगढ बजारमा रहेका परशुराम जनरल स्टोर र अनीश जनरोल स्टोरलाई ७ दिनका लागी शील गर्नु भएको थियो ।

जेठ २० गते शील गरिएका तिँ पसलहरूमा बुधवार चेकजाँच गर्दा करिब ३ ट्रली बढी म्याद गुज्रेका अखाद्य बस्तु भेटिएका छन् ।

खाने तेल देखी साबुन सम्मका विभिन्न दैनिक उपभोग्यका म्याद गुज्रेका सामाग्री तिँ दुई पसलबाट बरामद गरि नष्ट गरिएको छ ।

चेकजाँचका क्रममा समय अभाव भएपछि अनीश जनरल स्टोरलाई बिहीबार समेत पुनः चेकजाँच गरिने भएको छ भने पसलको साँचो वडा अध्यक्ष कुल बहादुर शेट्टिलाई समेत बुझाइएको छ ।

यसै बिच जयगढ बजारका पसलहरूमा ठुलो मात्रामा अखाद्य बस्तु भेटिदा समेत बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि मूकदर्शक भएको बिषयमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश सभा ख का सभापति डम्बर बहादुर स्वारले जनप्रतिनिधिको गैरजिम्मेवारीता प्रति प्रश्न गरेका छन् ।

उनले गाउँपालिकाका अध्यक्ष,उपाध्यक्षको आँगनमै रहेको जयगढ बजारमा समेत उनीहरूको नजर नपुगेको बताउँदै आपत्ति जनाएका छन् भने अछामका प्रमुख जिल्ला अधिकारी रञ्जन तिमिल्सैनाले गर्नु भएको बजार अनुगमन कार्यको प्रशंसा गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश सभा ख का सभापति डम्बर बहादुर स्वारको फेसवुक स्ट्याटस

पछिल्लो केही दिन यता अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन तिमिल्सैनाले बजार अनुगमनका तीव्रता दिनु भएको छ ।

बजार अनुगमनका क्रममा अछाममा उल्लेख्य मात्रामा म्याद गुज्रेका अखाद्य बस्तु भेटिएका छन् भने नियम विपरीत कारोबार गर्ने व्यापारीहरूलाई जरिवाना समेत गराइएको छ ।

शील गरिएका पसलहरुको चेकजाँचमा सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैना संगै वडा अध्यक्ष कुल बहादुर शेट्टी ,जयगढ प्रहरी चौकिका ईन्जार्च रमेशराज भट्ट ,उद्योग बाणिज्य संघ अछामका सदस्य टंक खड्का,रेडियो बान्नीगढीका कार्यकारी निर्देशक धनराज साउँद लगायत सहभागीत हुनु भएको थियो ।

तस्वीर :-



क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस