Techie IT

बान्नीगढीमा प्राविधिक इस्टमेट विपरीत बिद्यालयको भवन निर्माण : निर्माण कार्य स्थगित


बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ३ बर्दादेवी धारासैनमा रहेको जनज्योति आधारभूत बिद्यालयको भवन निर्माण कार्य प्राविधिक इस्टमेट विपरीत गरिएको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको विशेष अनुदानको रु २० लाख लागतमा बान्नीगढी जयगढ गाउँपालिका मार्फत निर्माण हुँदै गरेको भवन इस्टमेट विपरीत निर्माण गरिएको हो ।

भिडियो :-

प्राविधिक इस्टमेट विपरीत २० लाख लागतमा निर्माणाधीन भवनको अवस्था

भवनको पिलर र बिममा बाँधिएको रिङ १ फिट भन्दा बढी दुरीमा राखिएको र बांगोटिंगो देखिन्छ । पिलरमा बाँधिएको रिङ भवनको नक्सा विपरीत निर्माण गरिएको सजिलै आकलन गर्न सकिन्छ ।

भवन निर्माण स्थलमा पुग्दा दक्ष जनशक्तिको प्रयोग नगरिएको तथा प्राविधिक अनुगमनको समेत कमी रहेको भवन निर्माण कार्यको गुणस्तरले प्रस्ट दर्साउँदछ ।

२० लाखको लागतमा निर्माण भइरहेको बिद्यालयको २ कोठे भवन प्राविधिक इस्टमेट विपरीत निर्माण गरिएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख तथा इन्जिनियर हेमन्त रेग्मीले बताएका छन् ।

नियम विपरीत भवन निर्माण कार्य अगाडी बढाइएको पाईएपछि गाउँपालिकाले भवन निर्माण कार्य रोक्न पत्राचार गरेसंगै भवन निर्माण कार्य रोकिएको छ ।

भवन निर्माण कार्य रोक्न विद्यालयलाई गाउँपालिकाले पठाएको पत्र :-

भवन निर्माण कार्य रोक्न विद्यालयलाई गाउँपालिकाले पठाएको पत्र :-

इन्जिनियर रेग्मीका अनुसार भवन निर्माणका लागी विद्यालय व्यवस्थापन समिति र गाउँपालिका बिच सम्झौता भए पश्चात भवन निर्माण कार्य सुरु गरिएकोमा प्राविधिक इस्टमेट विपरीत भवन निर्माण कार्य अगाडी बढाइएपछि भवन निर्माण कार्य स्थगित गरिएको छ ।

पिलर निर्माणका लागी भवनको फाउन्डेसनमा हात्तीपाइले ५ फिटको प्राविधिक इस्टमेट भए पनि साढे ३ फिटको मात्र फाउन्डेसन तथा हात्तीपाइले निर्माण गरिएको रेग्मीले बताएका छन् ।

साथै भवनको जग निर्माणका क्रममा आफूहरूलाई कुनै पनि जानकारी नगराई निर्माण गरिएको समेत रेग्मीको भनाइ छ । नियम विपरीत निर्माण कार्य बढाइएका कारण भवन निर्माण कार्य रोकिए पछि भवन निर्माण कार्य के हुन्छ भन्ने अन्योल देखिएको छ ।

इन्जिनियर रेग्मी भने नियम विपरीत निर्माण हुँदै गरेको भवनको जग तथा अहिलेसम्म गरिएको काम भत्काएर पुनः स्टमेट अनुसार निर्माण गर्नुपर्ने पक्षमा छन् ।

प्राविधिक स्टमेट बिना निर्माण कार्य अगाडी बढाइएका कारण भवनको जग पुनः निर्माण गर्नुपर्ने पक्षमा रहेका इन्जिनियर रेग्मी आफ्नो अडानमा कायम रहँदै जग पुनः निर्माण गराउँछन् वा जनप्रतिनिधिको दबावमा योजनाको स्टमेट परिवर्तन गर्छन् त्यो भने हेर्न बाँकी छ ।

बान्नीगढी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर हेमन्त रेग्मीसँग गरिएको कुराकानी :-


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस