Techie IT

जयगढ प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री सहयोग


जयगढ प्रहरी चौकीलाई राजनीतिक दल तथा विभिन्न सामाजिक संस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

कोरोना महामारी नियन्त्रणमा खटिएका जयगढ प्रहरी चौकीमा कार्यरत प्रहरीहरूका लागी स्वास्थ्य सामाग्री सहयोग गरिएका हुन् ।

स्वास्थ्य सामाग्री अन्तर्गत मास्क,स्यानिटाइजर,ग्लोव्स,फेस सिल्ड,ह्याण्ड वास लगायतका सामाग्री प्राप्त भएको जयगढ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेशराज भट्टले बताउनु भएको छ ।

नेकपा एमाले अछामले ३ सय थान सर्जिकल मास्क,नेकपा एमाले बान्नीगढी गाउँपालिका कमिटीले १ सय थान सर्जिकल मास्क,स्यानिटाइजर ३ डिब्बा र ५ जोर ग्लोव्स जयगढ प्रहरी चौकीलाई निःशुल्क उपलब्ध गराएको हो ।

यस्तै रेडक्रस सोसाइटी उपशाखा तिमिल्सैनले १ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ घर भई हाल छिमेक लघुवित्त वित्तीय संस्था डडेल्धुराका शाखा प्रबन्धक सुरेश सुतारले पनि प्रहरी चौकी जयगढमा स्वास्थ्य सामाग्री निःशुल्क उपलब्ध गराएका छन् ।

शाखा प्रबन्धक सुतारले १२ डिब्बा स्यानिटाइजर,१ सय थान सर्जिकल मास्क,५ थान फेस सिल्ड,के एन ९५ मास्क ५ थान र ४ डिब्बा ह्याण्ड वास प्रदान गरेका हुन् ।

विभिन्न सामाजिक तथा निजी क्षेत्रबाट यसरी स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएसँगै कोरोना नियन्त्रणमा खटिन थप ऊर्जा थपिएको जयगढ प्रहरी चौकीका इन्चार्ज रमेशराज भट्टले बताएका छन् । भने सहयोग सवैमा धन्यवाद ज्ञापन गरिएको छ ।

यो पनि पढ्नुहोस्

कोरोना नियन्त्रणमा जयगढ प्रहरी : गाउँपालिकाले मास्क स्यानिटाइजर समेत दिन सकेन


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस