Techie IT

शिक्षकको तलब भत्ता रोक्नुपर्ने अडानबाट पछि हटे गाउँपालिका अध्यक्ष खड्का


बान्नीगढी जयगढ गाउँपालिकामा शिक्षकलाई तलब भत्ता भुत्तानी गर्न नहुने अडानबाट बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का पछि सरेका छन् ।

गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँद लगायत कार्यपालिकाका बहुमत सदस्यहरू शिक्षकको तलब भत्ता भुक्तानी गर्नुपर्नेमा एकमत भएपछि गाउँपालिका अध्यक्ष खड्का अडानबाट पछि सरेका हुन् ।

गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का सङ्घीय शिक्षा ऐन तथा नियमावलीका आधारमा नियुक्त गरिएका शिक्षकको तलब भुक्तानी गर्न नहुने अडानमा रहँदै आएपछि ३ जना शिक्षकले लामो समयदेखी तलब भत्ता पाउन सकेका थिएनन् ।

गाउँ शिक्षा कार्य विधि विपरीत शिक्षक नियुक्त गरिएकाले शिक्षकको तलब भत्ता भुक्तान गर्न नहुने अडानमा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का लगायत केही जनप्रतिनिधि थिए भने उपाध्यक्ष लोक बहादुर साउँद लगायतका केही जनप्रतिनिधि शिक्षकले काम गरेको तलब भत्ता भुत्तानी गर्नुपर्ने अडानमा रहँदै आएका थिए ।

सशर्त अनुदान बजेट असार मसान्तसम्म निकासा गरिसक्नुपर्ने कानुनी बाध्यता रहेका बेला तलब भत्ता दिने नदिने बिषयमा कार्यपालिका सदस्य बिच मत बाझिएपछि शनिवार गाउँपालिकामा कार्यपालिका सदस्य बिच तलब दिने नदिने भन्नेबारे कार्यपालिका सदस्य बिच मतदान समेत भएको थियो ।

मतदानमा सहभागी भएका मध्यबाट शिक्षकको तलब भत्ता भुक्तानी गर्नुपर्नेमा बहुमत देखिएपछि मतदानको नतिजालाई सार्वजनिक नहुँदै गाउँपालिका अध्यक्ष खड्का शिक्षकको तलब भत्ता भुत्तानी गर्नुपर्ने अडानबाट पछि हटेको गाउँपालिकाका एक जनप्रतिनिधिले बताए ।

बान्नीगढी जयगढ गाउँपालिकाका प्रवक्ता कर्ण ठकुल्लाका अनुसार शिक्षकको तलब भत्ता दिनेबारे गाउँ कार्यपालिकाका सदस्य एकमत भएका छन् । लामो प्रयासपछि शिक्षकको तलब भत्ता भुत्तानी गर्नेमा गाउँपालिका अध्यक्ष लगायत गाउँपालिकाका सबै जनप्रतिनिधि एकमत भएको प्रवक्ता ठकुल्लाको भनाइ छ ।

सङ्घीय शिक्षा ऐन तथा नियमावलीका आधारमा बान्नीगढी जयगढ गाउँपालिकाका ३ वटा विद्यालयले शिक्षक नियुक्त गरेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ जयगढमा रहेका सरस्वती माद्यामिक विद्यालयमा मावि तहमा नियुक्त भएका शिक्षक रमेश बुढाले करिब १ वर्षदेखि तलब भत्ता पाएका छैनन् ।

उता वडा नम्बर ६ दर्नामा रहेको नन्दा माता आधारभूत विद्यालयमा नियुक्त भएका १ जना शिक्षकले पनि तलब भत्ता पाएका छैनन् ।

यो पनि पढ्नुहोस् :-

सर्वोच्चमा मुद्दा, शिक्षक बुढाले ९ महिनासम्म पनि पाएनन् तलब


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!