Techie IT

बान्नीगढीमा तानासाही प्रवृत्ति : अध्यक्ष खड्काद्वारा आफू निकट व्यक्तिलाई बिद्यालयको अध्यक्ष पद उपहार


बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आफू निकट व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको उपहार दिएको खुलेको छ ।

आफू निकटका व्यक्तिलाई कार्यकाल सकिएका बिभिन्न विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद उपहार दिएको खुलेको हो ।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष खड्काले गाउँ शिक्षा समितिको बैठकबाट कार्यकाल सकिएका विद्यालयहरूको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तोक्ने अख्तियारी आफ्नो हातमा लिँदै आफू निकटका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद उपहार दिएको तथ्य सार्वजनिक भएका छन् ।

गाउँपालिकाको केन्द्र जयगढ बजारमा रहेको सरस्वती माद्यामिक विद्यालय, वडा नम्बर ५ कालिकामा रहेका जाल्पादेवी आधारभूत विद्यालय,शान्नीकोट आधारभूत विद्यालय गरि ३ वटा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गाउँपालिका अध्यक्षले आफू निकट ३ जनालाई नियुक्त गरेका छन् ।

गाउँ शिक्षा समितिका एक सदस्यका अनुसार शिक्षा समितिको बैठकले कुन विद्यालयमा कसलाई अध्यक्ष नियुक्त गर्ने भन्ने बिषयमा भने कुनै पनि निर्णय गरिएको छैन । गाउँपालिका अध्यक्ष खड्काले कार्य अवधि सकिएका बिद्यालयको व्यवस्थापन समितिको नयाँ अध्यक्ष नियुक्त गर्ने अडान लिएपछि अध्यक्ष के कसलाई तोक्ने भन्नेबारे गाउँपालिका अध्यक्षलाई अख्तियारी दिने निर्णय गरिएको उनले बताए ।

गाउँ शिक्षा समितिका सदस्यहरूबाट पूर्ण रुपमा अख्तियारी लिएका गाउँपालिका अध्यक्ष खड्काले जयगढमा रहेको सरस्वती माद्यामिक बिद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कृष्ण बहादुर खड्का, शान्नीकोट आधारभूत बिद्यालयको अध्यक्षमा लाल बहादुर साउँद र जाल्पादेवी आधारभूत बिद्यालयको अध्यक्षमा शेर बहादुर साउँदलाई नियुक्त गरेका हुन् ।

सरस्वती माद्यामिक बिद्यालयको अध्यक्षमा नियुक्त भएका कृष्ण खड्का नेपाली काँग्रेसका पूर्व जिल्ला कार्य समिति सदस्य हुन् भने शान्नीकोट आधारभूत बिद्यालयको अध्यक्षमा नियुक्त भएका लाल बहादुर साउँद केही समय पहिले नेपाली काँग्रेस प्रवेश भएका थिए ।

यस्तै सरस्वती माद्यामिक विद्यालय जयगढको विद्यालय व्यवस्थापन समितिको सदस्यमा गाउँ शिक्षा समितिका तर्फबाट प्रकाश ताम्राकारलाई गाउँपालिका अध्यक्ष खड्काले नियुक्त गरेका छन् ।

ताम्राकार केही साता पहिले मात्र गाउँपालिका अध्यक्ष खड्काको पहलमा नेपाली काँग्रेसमा प्रवेश गरेका चर्चा छ । तत्कालिन नेकपा एमालेमा रहेका प्रकाश ताम्राकारलाइ नेपाली कांग्रेसमा प्रवेश भएसंगै गाउँपालिका अध्यक्ष खड्काले गाउँ शिक्षा समिति सदस्यमा समेत मनोनित गरेको स्थानीय बताउँछन् ।

सरस्वती माद्यामिक बिद्यालयको व्यवस्थापन समिति अध्यक्ष र सदस्यमा कृष्ण खड्का र प्रकाश ताम्राकारलाई नियुक्त गरिएको ब्यहोरा सहित विद्यालयलाई पठाएको पत्र :-

सरस्वती माद्यामिक बिद्यालयको व्यवस्थापन समिति अध्यक्ष र सदस्यमा कृष्ण खड्का र प्रकाश ताम्राकारलाई नियुक्त गरिएको ब्यहोरा सहित विद्यालयलाई पठाएको पत्र

यता सरस्वती माद्यामिक बिद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर साउँदले भने बिद्यालयको अध्यक्षमा गाउँपालिकाको शिक्षा समितिले अर्को व्यक्तिलाई नियुक्त गरिएको बिषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

बान्नीगढी टुडेलाई प्राप्त पत्र अनुसार भने सरस्वती माद्यामिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवर स्वयमले गाउँपालिकालाई वैकल्पिक विद्यालय व्यवस्थापन समिति गठनका लागी सहयोग गर्न पत्राचार गरेको देखिन्छ ।

गाउँपालिकालाई वैकल्पिक विद्यालय व्यवस्थापन समिति गठनबारे विद्यालयले पठाएको पत्र :-

रोचक कुरा के भने सरस्वती माद्यामिक विद्यालयलाई स्वयम गाउँपालिकाले २०७८ जेठ २३ गतेको मितिमा पत्र पठाउँदै निषेधाज्ञा समाप्त हुने बित्तिकै यथाशीघ्र विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।

गाउँपालिकाले निषेधाज्ञा समाप्त हुने बित्तिकै व्यवस्थापन समिति गठन गर्नेबारे पठाएको पत्र :-

गाउँपालिकाले निषेधाज्ञा समाप्त हुने बित्तिकै व्यवस्थापन समिति गठन गर्नेबारे पठाएको पत्र

तर निशेषाज्ञा सकिनु अगावै हतार हतारमा गाउँ शिक्षा समितिले बिभिन्न व्यक्तिलाई बिद्यालयको अध्यक्ष र सदस्यमा नियुक्त गर्‍यो यो बिषयमा आम नागरिकका लागी चासोको विषय बनेको छ ।

यता गाउँपालिकाका अगुवाहरूले भने गाउँपालिकाको यो कार्य शैलीले लोकतान्त्रिक तानासाहको प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

अधिकार छ भन्दैमा सम्बन्धित व्यक्ति तथा निकायसँग सहकार्य बिना नै यस्तो कार्य गर्नुले व्यक्तिगत रिसिभि साध्न खोजेको पुष्टि भएको अगुवाहरूको बुझाइ छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!