Techie IT

अछाममा नर बहादुर स्वार प्रतिष्ठान स्थापना

बालकालिकालाई शिक्षा क्षेत्रको पहुँचमा पु¥याउने देखि कपडा बैँक स्थापना गर्नेसम्मको रणनिती


अछाममा नर बहादुर स्वार प्रतिष्ठान संस्था स्थापना गरिएको छ ।

समाज सेवी तथा शिक्षा प्रेमी नर बहादुर स्वारको सम्झना तथा उहाँले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै प्रतिष्ठान स्थापना गरिएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका घर भएका स्वर्गीय नर बहादुर स्वारले अछामको शैक्षिक र सामाजिक कार्यमा महत्त्वपूर्ण योगदान गरेको भन्दै जयगढमा एक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठान स्थापना गरिएको हो ।

अछामलाई चिनाउन र विशेष गरी बान्नीगढी गाउँपालिकालाई चिनाउनका लागि नर झोली मार्फत चन्दा सङ्कलन गर्दै बयालपाटमा रहेको महेन्द्र माध्यमिक विद्यालय, जयगढमा रहेको सरस्वती माध्यमिक विद्यालय स्थापना लगायत जिल्लाका विभिन्न २४ वटा विद्यालयको उहाँले शिलान्यास गर्नुभएको थियो ।

यस्तै साफे एयरपोर्ट, कमलबजार एयरपोर्ट लगायत विभिन्न मठ मन्दिरको पनि स्थापनामा पनि उहाँले ठुलो योगदान गर्नुभएको थियो ।

नर बहादुर स्वार प्रतिष्ठान संस्था गठन पश्चात् रेडियो बान्नीगढीसंग संक्षिप्त कुराकानी गर्दै प्रतिष्ठानका अध्यक्ष तथा समाज सेवी लाल बहादुर साउँदले उहाँको कामको अनुसरण गर्दै विभिन्न सामाजिक कार्य गर्ने बताउनुभयो ।

उहाँले स्वर्गीय स्वारको कार्यशैली र सिद्धान्तलाई आत्मसाथ गर्दै स्वास्थ्य क्षेत्रमा विभिन्न कार्य गर्ने, जिल्ला भित्रका असहाय अपाङ्ग र टुहुरा बाल बालिकालाई शिक्षा क्षेत्रको पहुँचमा पु¥याउने बताउनुभयो ।

यस्तै निकट भविष्यमा अछाममा कपडा बैङ्क स्थापना देखि अन्य सामाजिक कार्य गर्ने रेडियो बान्नीगढीसंग बताउनुभयो ।

कुराकानी ः लाल बहादुर साउँद ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!