Techie IT

बिपीले अङ्गालेका सिद्धान्त बिर्सेका छैनौँ : सभापति स्वार (कुराकानी सहित)


नेपाली काङ्ग्रेस अछामले महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवसको अवसरमा वृक्षरोपण गरेको छ ।

पार्टी कार्यालय परिसर र मंगलसैन नगरपालिका वडा नम्बर ३ मा अवस्थित गुठीमा विभिन्न किसिमका बिरुवा हरु रोपिएको हो ।

वृक्षरोपण र अन्तक्रिर्या कार्यक्रम पछि रेडियो बान्नीगढीसंग कुराकानी गर्दै नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वारले बिपि कोइरालाले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो ।

बीपीले देखाएको देश र जनतालाई सर्वाेपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले आत्मसात गरे मात्र बीपीप्रति सच्चा सम्मान हुने बताउनुभयो ।

‘नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि उहाँले गरेको योगदान सधैं स्मरणीय रहेकोे बताउनुभयो । आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुने उहाँले बताउनुभयो ।

बिपी कोइराला नेपाली काङ्ग्रेसको मात्र नभएर मुलुकको नेता भएको समेत उहाँको भनाइ छ ।

यसै विच आज हामीले नेपालि कांग्रस अछामका सभापति भरत कुमार स्वारलाई सम्पर्क गरि बिपि कोइरालाको स्मृति दिवसको अवसरमा काङ्ग्रेस अछामले के कसरी सम्झ्यो भनेर सोधेका छौैँ ।

कुराकानी ः भरत कुमार स्वार ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!