Techie IT

भालुको आक्रमणबाट बन रक्षक घाइते


भालुको आक्रमणबाट अछाममा एकजना घाइते भएका छन । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ डुप्केका देबिराम ढकाल घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

स्याउले नजिकैको जंगलमा ढकाललाई भालुले आक्रमण गरेको हो । घाईते ढकालको अनुहारमा गम्भिर चोट लागेको स्थानियले बताएका छन् ।

बुढाखोला सामुदायीक बनका बन रक्षक समेत रहेका ढकाल बन हेरचाहको क्रममा जंगलमा गएको समयमा भालुले आक्रमण गरेको स्थानिय भानुभक्त ढकालले बताउनुभयो ।

ढकालका अनुसार घाईतेको जिल्ला अस्पताल मंगलसेनमा उपचार भैरहेको छ । जंगली जनावर भालुले आक्रमण गरे लगत्तै स्थानियले थाहा पाएपछि भालुलाई धपाएर घाईतेलाई जिल्ला अस्पताल मंगलसेन ल्याईएको हो ।

घाइतेको अहिले जिल्ला अस्पताल अछाममा उपचार भैरहेको अस्पतालले जनाएका छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!