Techie IT

अछाममा एक पुरुष मृत फेला


अछाममा १ जनाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ रामारोशनका अन्दाजी ४० वर्षका नरे रोकायाको सब बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिनुभयो ।

जयगढ रामारोशन सडक खण्डको गजडबजारमा उनको शव भेटिएको हो । शव रहेको स्थलमा प्रहरीको टोली अनुसन्धान गर्न गइरहेको उहाँले बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस