Techie IT

बान्नीगढीमा मुहान बिनाको ३ लाखको खानेपानी ट्यांकी : स्रोत सुनिश्चित नगर्दा योजना लथालिङ्ग


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी देवल बजारमा पानी ट्याङ्की निर्माण गरिएको महिनौँ भइसक्दा समेत सञ्चालनमा नआउँदा स्थानीय मारमा परेका छन् ।

खानेपानीको समस्या झेल्दै आएको देवल बजार र आसपासका नागरिकको सहजताका लागी ३ लाख बढी लगानीमा असार महिनामै निर्माण कार्य सम्पन्न ट्याङ्की गरिएको हालसम्म पनि सञ्चालनमा नआउँदा स्थानीय नागरिक मारमा परेका हुन् ।

गत आर्थिक वर्षमा वडा नम्बर ३ बर्दादेवीको वार्षिक बजेट मध्य ३ लाख ३८ हजार ३ सय ३१ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त ट्याङ्कीमा हालसम्म पानीको थोपा समेत खसेको छैन ।


ट्याङ्की निर्माण सम्पन्न भई पाइपका लाइनहरू विस्तार भए पनि ट्याङ्कीमा पानी नजोडिएकाले ट्याङ्की प्रयोग विहीन बनेको छ । झन्डै २ सय ४१ घरधुरी लाभान्वित हुने अपेक्षा सहित निर्माण गरिएको ट्याङ्की सञ्चालनमा नआउँदा देवल बजार आसपासका नागरिक घण्टौँ लाइन बसेर पानी ल्याउन बाध्य भइरहेको स्थानीय पार्वती स्वाँरले बताउनुभयो ।

आवाज :- पार्वती स्वाँर

खानेपानी अभावका कारण जयगढ बजारमा बसोबास गर्ने स्थानीयलाई मात्रै नभई यहाँ सञ्चालनमा रहेका उद्योग र अन्य व्यवसाय पनि प्रभावित छन् । जयगढमा सञ्चालनमा रहेको टार्गेट टिजी बल्क इँटा उद्योगका सञ्चालक समेत रहेका गणेश साउँदले पानी अभावका कारण व्यवसाय प्रभावित भएको बताउनु भयो । उहाँले आफूले सरकारलाई कर तिर्दै आएको भए पनि सरकारले पानी समेत उपलब्ध गराउन नसकेको गुनासो गर्दै भन्नुभयो ।।

आवाज :- गणेश साउँद

यता वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर सेट्ठीले भने जयगढ रामारोशन सडक खण्ड निर्माणका क्रममा खानेपानीको पाइप काटिएका कारण हालसम्म पनि ट्याङ्कीमा पानी हाल्न नसकिएको बताउनु भएको छ । रेडियो बान्नीगढीसंग कुराकानी गर्दै अध्यक्ष सेट्ठीले ट्याङ्की छिट्टै सञ्चालनमा आउने दाबी गर्नुभयो । नयाँ निर्मित खानेपानी ट्याङ्की सञ्चालन गर्न तथा खानेपानीको समस्या समाधान गर्न उपभोक्ता समिति र आम सर्वसाधारण समेत सचेत बन्नुपर्नेमा जोड दिनु भएको छ ।

कुराकानी :- कुल बहादुर शेट्टि

खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्केश ताम्राकारले भने आफुले स्टिमेट अनुसारको काम पुरा गरेको दावी गर्नु भएको छ । स्टिमेट अनुसारको गुणस्तरीय काम पुरा गरेको दावी गर्दै उहाँले ट्यांकीमा के कसरी र कहाँबाट ल्याउने भन्नेमा आफ्नो सरोकार नरहेको बताउनु भएको छ ।


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस