एमाले फुटेसँगै कार्यकर्ता रिझाउन अछाममा दुवै समूह सक्रिय
नेकपा एमालेको अगुवा कार्यकर्ता भेला जयगढमा सम्पन्न

नेकपा एमाले विभाजित भई माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल बने सँगै अछाममा पनि यसको असर देखिन थालेको छ ।
दुवै समूहहरू कार्यकर्ता रिझाउन व्यस्त बनेका छन् । पार्टीका कार्यकर्ता तथा जनप्रतिनिधिलाई आफ्नो पक्षमा पार्न दुवै समूह अग्रसर देखिएका छन् ।
यसै बिच नेकपा एमालेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।
पार्टीका ज्येष्ठ सदस्य दान बहादुर खड्काको अध्यक्षतामा भएको बान्नीगढी जयगढ गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमलराज तिमिल्सैना प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सैनाले पार्टी एकताका पक्षमा लाग्न सबै कार्यकर्तालाई अनुरोध गर्नु भएको छ । निहित स्वार्थ पुरा नभएका कारण केही व्यक्तिहरू पार्टी विभाजनमा अग्रसर बनेको आरोप लगाउँदै उहाँले लामो त्याग बलिदानी बोकेको नेकपा एमालेमा सबै गोलबद्ध बन्नुपर्नेमा जोड दिनुभयो ।
भेलाबाट पार्टीलाई अझै मजबुत बनाउँदै लैजानका लागी पालिकाका सबै वडामा निकट भविष्यमा वडा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य प्रकाश शाह,नवराज साउँद ,हिक्मत खड्का लगायतका अतिथि रहनु भएको थियो । दर्जनौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रमको सञ्चालन झपटराज ढुङ्गानाले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस