अछाममा बलात्कारका घटना बढ्दै : सक्रियता बढाउँदा उजुरी आउने क्रम बढेको प्रहरीको दावी

अछाममा बलात्कारका घटना बढेका छन् । एकै साता एउटै नगरपालिकाका ३ जनालाई बलात्कार र जबरजस्ती करणीको आरोप लागेको छ । उक्त आरोपमा मुद्दा दर्ता गराएपछि जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक बोहराका अनुसार बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका २४ वर्षीय जनक बटाला र २५ वर्षीय महेन्द्र रावललाई पक्राउ गरिएको छ ।
बटालाले भदौ ५ गते स्थानीय मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा मोटरसाइकलमा घर पुर्याइदिने भन्दै जङ्गलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै रावलले पीडितलाई मर्का पर्ने गरी बटालालाई कसुर गर्न दुरुत्साहन गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।
यस्तै भदौ ३ गते पञ्चदेवल विनायक नगरपालिका–३ को गढीकोटमा बाख्रा चराउन गएका बेला बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय गोविन्द शाही पक्राउ परेका छन् । पीडितले दिएको जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।
पक्राउ परेका तीन जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लामा महिला हिंसा, यौनजन्य क्रियाकलाप र आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा अभियान सुरु गरेको छ ।
तर पनि आर्थिक वर्ष २०७४÷०७५ मा १३ , २०७५÷०७६ मा ७, २०७६÷०७७ मा १८, २०७७÷०७८ मा १७ र चालु आर्थिक वर्षमा ४ वटा बलात्कार तथा जबरजस्ती करणीका घटना घटेको प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।
जिल्ला प्रहरीले टोल टोलमा प्रहरी परिचालन गरी महिला हिंसा तथा बलात्कार न्यूनीकरणबारे चेतनामूलक कार्यक्रम गरिरहेको छ । प्रहरी सक्रियता तथा विभिन्न चेतनामूलक कार्यक्रम गरे पनि जिल्लामा बलात्कारका घटनामा भने कमी आउन सकेको छैन ।
पछिल्लो समय सामाजिक सञ्जालका कारण बलात्कारका घटना बढेको प्रहरीको बुझाइ छ । अनजान व्यक्तिसँग सामाजिक सञ्जालमा सम्बन्ध बढाउने र घुलमिल हुँदै अन्तिममा आपसमा मन फाटेपछि महिला बलात्कृत हुने क्रम बढेको निरीक्षक बोहराको बुझाइ छ ।
कुराकानी : जनक बहादुर बोहरा
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस