अछामका एक जना वडा सदस्यद्वारा नेकपा समाजवादीमा सनाखत

नेकपा एमाले विभाजित भई माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बनेसँगै अछाममा १ जना वडा सदस्यले सनाखत गरेका छन् ।
जिल्लाका १ जना वडा सदस्यले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
सनाखत गर्नेमा चौरपाटी गाउँपालिकाका वडा सदस्य रहेको बताइएको छ । जिल्ला निर्वाचन कार्यालय अछामले भने सनाखत गर्ने जनप्रतिनिधिको परिचय गोप्य राखेको छ ।
जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त प्रमुख गजेन्द्र प्रकाश थारुले निर्वाचन आयोगको निर्देशन अनुसार सनाखत गर्ने जनप्रतिनिधिको परिचय खुलाउन नमिल्ने बताउनुभयो ।
निर्वाचन आयोगले आगामी भदौ २२ गते सम्म पुरानो दलबाट नयाँ दल रोज्ने व्यवस्था लागू गरेको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस