रेडक्रस सोसाइटीको ५९ औ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण

नेपाल रेडक्रस सोसाइटीको ५९ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ ।
जिल्ला अस्पतालमा २७ जना र वयलपाटा अस्पतालमा ७० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । रेडक्रस स्थापना दिवसको अवसरमा अछाममा रगत अभावलाई पूर्ति गरेको भन्दै जिल्लाका पाँच निकायलाई प्रशंसा पत्रले सम्मान गरेको छ ।
नेपाली सेनाको भवानी बक्स गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल साँफेबगर, जिल्ला अस्पताल अछाम र जेसीज अछामलाई प्रशंसा पत्र दिइएको छ ।
बिरामीलाई फलफुल वितरणपछि प्रशंसा पत्र वितरण गर्दै प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटीले रेडक्रस मानवीय सेवामा निरन्तर रहेको भन्दै यसमा सबैको साथ रहनुपर्नेमा बताउनुभयो ।
रेडक्रसले आफ्ना सातवटा सिद्धान्तका आधारमा विपद्मा परेका व्यक्ति र रगत आपुर्तिमा राज्यलाई सहयोग गरिरहेको भनाइ बोगटीको छ ।
हरेक व्यक्तिको राम्रो उपचारका लागि अस्पतालको स्तरोउन्नतीमा आफू क्रियाशील रहेको भन्दै हरेक स्थानीय तहमा अस्पताल निर्माणले गति लिएको भनाइ राख्नुभयो । राज्यका हरेक काममा सबैले सकारात्मक सोचका साथ अघि बढेमा मात्र सफलता हात लाग्ने भनाइ प्रतिनिधिसभा सदस्य बोगटीको भनाइ छ ।
जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरणका क्रममा मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, निमित्त प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, अस्पताल, पत्रकार र रेडक्रसकर्मीको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी अछामका सभापती रत्नप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मन्त्री ध्रुवकुमार शाहीले गर्नुभएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस