रेडियो बान्नीगढीको अध्यक्षमा रतन साउँद चयन

रेडियो बान्नीगढीको अध्यक्षमा रतन बहादुर साउँद चयन हुनु भएको छ ।
रेडियो बान्नीगढीको मातृ संस्था बान्नीगढी सञ्चार समूहको शनिवार सम्पन्न साधारण सभाबाट अध्यक्षमा साउँद सर्वसम्मत रूपमा चयन हुनु भएको हो ।
संस्थाको अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएसँगै अध्यक्ष साउदले संस्थालाई थप उचाइमा पुर्याउन विगतका अनुभवहरूलाई सँगाल्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।
संस्थाको उपाध्यक्षमा चन्द्रसिंह लुहार,सचिवमा धनराज साउँद,सह सचिवमा रेवन्ती ठकुल्ला,कोषाध्यक्षमा कुन्ता शाह र सदस्यहरुमा तपेन्द्र भण्डारी,गणेश साउँद,नरेन्द्र खड्का,लोचन स्वार,हर्क साउँद,सुशीला खत्री चयन भएका छन् ।
यस्तै लोकेन्द्र साउँदको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिमा केशर साउँद,ज्योति साउँद,तरुण खड्का नवराज खत्री सदस्य रहेका छन् ।
रतन बहादुर साउँदको अध्यक्षतामा भएको साधारण सभामा बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँद प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साउँदले सञ्चार जगतमा रेडियो बान्नीगढीले बनाएको छविको प्रशंसा गर्दै निष्पक्ष रूपमा पत्रकारीताको धर्म पुरा गर्नुपर्नेमा जोड दिनु भएको छ ।
रेडियो बान्नीगढीले सामाजीक क्षेत्रमा समस्यामा परेकाहरूको आवाज बुलन्द पार्नुका साथै अनियमितताका विरुद्ध बिगुल फुक्दै आएकोमा यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस