Techie IT

अछाम क्याम्पसमा लाजमर्दो हर्कत : फारम भरेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित


जिल्लाको अगुवा शैक्षिक संस्था अछाम बहुमुखी क्याम्पस यो पटक लाजमर्दो घटनाका कारण चर्चामा आएको छ ।

सदरमुकाम मंगलसैनमा रहेको अछाम बहुमुखी क्याम्पस बाट परीक्षाको फारम भरेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भए पछि यति बेला उक्त क्याम्पस लाजमर्दो तरिकाबाट चर्चामा आएको हो ।

स्नातकोत्तर तह ( मास्टर डिग्री ) को तेस्रो सेमेस्टरका लागी परीक्षाको फारम भरेकाvविद्यार्थीहरू तयारी गरेर आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन परीक्षा केन्द्रमा पुग्दा परीक्षा दिन बाट वञ्चित भए पछि आश्चर्य चकित भएका छन् ।

परीक्षार्थीको भनाइमा उनीहरूले परीक्षामा सहभागी हुनका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेका थिए । तर परीक्षामा सहभागी हुनका लागि उनीहरूको प्रवेश पत्र आएको छैन ।

क्याम्पस भर्ना शुल्क,रजिस्ट्रेसन शुल्क ,फारम शुल्क लगायत आवश्यक सबै शुल्क बुझाएको भए पनि क्याम्पस प्रशासनको लापरबाहीका कारण आफुहरु परीक्षा दिनबाट वञ्चित भएको विद्यार्थीहरूको आरोप छ ।

स्नातकोत्तर ( मास्टर डिग्री ) को पहिलो र दोस्रो सेमेस्टरको परीक्षा दिनु भएकी मंगलसैन नगरपालिका वडा नम्बर ९ का सविता भट्टराई स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा दिन यही भाद्र २० गते क्याम्पस पुग्नुभयो ।

परीक्षामा सहभागी हुन क्याम्पस पुग्नु भएकी भट्टराई ले क्याम्पसमा परीक्षामा सहभागी हुन प्रवेश पत्र माग्दा उहाँको प्रवेश पत्र भेटिएन । परीक्षा दिनका लागी होम सेन्टरमा पुगेकी भट्टराईको मात्र नभई अन्य ४ जना विद्यार्थीको समेत प्रवेश पत्र नभेटिँदा उनीहरू पनि परीक्षा दिनबाट वञ्चित भएका छन् ।

परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीका अनुसार परीक्षा फारम सङ्कलनका क्रममा क्याम्पसले गम्भीर लापरबाही गरेका कारण उनीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन् । अछाम बहुमुखी क्याम्पसको विगतलाई हेर्दा यस अघि पनि परीक्षा दिनका लागी सबै प्रक्रिया पुरा गरेका विद्यार्थी परीक्षामा सहभागी हुन नपाएको भेटिएको छ ।

अछाम बहुमुखी क्याम्पसमा अध्ययनरत मंगलसैन नगरपालिकाका नन्दराज ढुङ्गानाका अनुसार मास्टर डिग्रीको सेकेन्ड सेमेस्टरको परीक्षामा सहभागी हुनका लागी उनले आवश्यक सबै शुल्क बझाउनुका साथै परीक्षा फारम स्वयम आफैले भरेका थिए ।

तर सबै प्रक्रिया पुरा गर्दा समेत क्याम्पसको लापरबाहीका कारण परीक्षा प्रवेश पत्र नआएपछि यस अघिको सेकेन्ड सेमेस्टरको परीक्षामा सहभागी हुन नपाएको उनको भनाइ छ ।

कुराकानी :- नन्दराज ढुङ्गाना

यता अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट्ले भने फारम भरेर पनि प्रवेश पत्र नआएको विद्यार्थीको गुनासोका विषयमा क्याम्पस प्रशासन गम्भीर बनेको बताउनु भएको छ ।

घटनाका सन्दर्भमा जानकारी भएसँगै यस विषयमा छानबिन गर्न समिति गठन भइसकेको बताउँदै उहाँले केही दिन भित्रै घटनाको वास्तविकता बाहिर आउने र दोषीलाई कार्वाहि गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

घटनाको अनुसन्धान पुरा हुनु अगावै विभिन्न तर्क गर्नु हतार हुने बताउँदै उहाँले केही दिनमै घटनाको सबै वास्तविकता बाहिर ल्याउने बताउनभयो ।

कुराकानी :- छत्र बहादुर बिष्ट


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस