कोरोनाको बहानामा विद्यालय बन्द गर्न नहुनेमा अछामका सरोकारवालाको जोड

अछाम जिल्लाका सरोकारवालाहरूले कोरोना सङ्क्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्नु उचित नहुने बताएका छन् ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागी गरिएको निषेधाज्ञाका कारण शिक्षा क्षेत्र लथालिङ्ग हुनुका साथै विद्यार्थीको भविष्य समेत अन्योलमा परेको बताउँदै सरोकारवालाले विद्यालय बन्द गर्नु उचित नहुने बताएका हुन् ।
जिल्लामा कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागी आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा मंगलसैनमा भएको कार्यक्रममा सहभागी विभिन्न पालिकाका प्रमुख उप प्रमुख लगायत शिक्षा स्वास्थ्य क्षेत्रका अगुवाहरूले शिक्षा क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्नुको साथै बिद्यार्थीहरुको भविष्यका लागी विद्यालय सञ्चालन गर्नुको विकल्प नरहेको बताएका थिए ।
अछामका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद मल्लको अध्यक्षतामा भएको कार्यक्रमबाट विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ अनुसार आवश्यक मापदण्ड तथा प्रक्रिया पुरा गरी सम्बन्धित गाउँ,नगर शिक्षा समिति मार्फत निर्णय गरी विद्यालय सञ्चालन गर्न सक्ने निर्णय पारित गरिएको छ ।
कार्यक्रममा मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बोहरा, साँफेबगर नगरपालिका नगर प्रमुख कुल बहादुर कुँवर,कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश बिस्ट,बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँद,रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल,स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गाना लगायत सहभागी हुनु भएको थियो ।

क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस