Techie IT

बान्नीगढी गाउँपालिकाका कर्मचारीद्वारा निजामती सेवा दिवस बहिष्कार : यस्तो छ कारण


मङ्गलवार देशभर निजामती कर्मचारी दिवस मनाइएको छ ।

व्यवसायीक र सृजनशील प्रशासन, विकास, समृद्धि र सुशासनको नारासहित यो दिवस देशभर मनाएको हो । तर स्थानीय कर्मचारी मञ्च बान्नीगढी जगयढ गाउँपालिकाले निजामती सेवा दिवस बहिष्कार गरेको छ ।

गाउँपालिकामा कार्यरत निजामती कर्मचारी र अन्य कर्मचारीले दिउँसो १ बजेदेखि २ बजेसम्म हातमा कालोपट्टि बाँधेर कामकाज ठप्प पारेका थिए ।

स्थानीय सेवाको गठन नभएको, प्रदेश निजामती सेवाको पनि गठन नभएको र निजामती कर्मचारीलाई स्थानीय सरकार र राज्यले हेर्ने दृष्टिकोण नै फरक भएकाले र निजामती सेवा सरह सेवा सुविधा नपाएको भन्दै निजामती सेवा दिवस बहिष्कार गरिएको स्थानीय कर्मचारी हकहित मञ्चका संयोजक तथा प्रशासकीय अधिकृत झनक रेग्मीले बताउनुभयो ।

उहाँले निजामती कर्मचारीलाई स्थानीय तहमा काम गर्न समस्या भइरहेको भन्दै राज्यले सेवा र सुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताउनुभयो ।

राज्यले पनि स्थानीय सरकारलाई अधिकार दिएको भए पनि निजामती कर्मचारीको समस्या समाधान गर्न स्थानीय सरकार पनि गम्भिर नबनेको बताउँदै रेडियो बान्नीगढीसंग भन्नुभयो ।

आवाज : झनक रेग्मी


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस