अछामका अधिकांश विद्यालयमा पठन पाठन सुरु : यस्तो छ प्र.अ कुँवरको आग्रह

अछामका अधिकांश विद्यालयले पठन पाठन सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अछामले विद्यालय सञ्चालन गर्ने अनुमति नदिए पनि अधिकांश विद्यालयले वैकल्पिक माध्यमबाट पठन पाठन सुरु गरेका हुन् ।
विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर वैकल्पिक माध्यमबाट विद्यालय सञ्चालन गरेको जनाएका छन् । भौतिक उपस्थितिमा नै पठन पाठन सुरु गरेका विद्यालयले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेका बताएका छन् । जस अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिकामा रहेको सरस्वती माविले पनि कक्षा सञ्चालन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकले सरकारको वैकल्पिक सिकाई सहजीकरण कार्यविधि २०७७ अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी हिजो सोमबार बाट जोर बिजोर प्रणालीबाट वैकल्पिक रूपमा कक्षा सञ्चालन गरेको सरस्वती मावि जयगढका प्रधानाध्यापक टेक बहादुर कुँवरले बताउनुभयो ।
उहाँले कक्षा ६, ८, १० र १२ का विद्यार्थीलाई आइतबार, मङ्गलवार र बिहीबार कक्षा सञ्चालनको व्यवस्था गरेको बताउनुभयो ।
यस्तै कक्षा ७, ९ र ११ का विद्यार्थीलाई सोमबार, बुधवार र शुक्रवार अध्यापन गराइने जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई मास्क लगायतका स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै विद्यालयका आउन आग्रह पनि गर्नुभएको छ ।
कुराकानी : टेक बहादुर कुँवर
समाचारसँग सम्बन्धित :-
कोरोनाको बहानामा विद्यालय बन्द गर्न नहुनेमा अछामका सरोकारवालाको जोड
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, शिक्षा, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस