Techie IT

नेपाली काँग्रेसको प्रदेश स्तरीय भेला जयगढमा सम्पन्न


नेपाली काँग्रेसको प्रदेश स्तरीय भेला जयगढमा सम्पन्न भएको छ ।

काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको तयारीका लागी प्रदेश स्तरीय कार्यकर्ता भेला जयगढमा सम्पन्न भएको हो ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ को प्रदेश सभा ख का संयोजक डम्बर बहादुर स्वारको सभापतित्वमा भएको भेलामा नेपाली काँग्रेस अछामका पाटी सभापति भरत कुमार स्वार प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाटी सभापति स्वारले आसन्न १४ औँ महाधिवेशनका लागी क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्षमा निर्वाचितहरूमा बधाई ज्ञापन गर्नुभयो ।

पालिका, प्रदेश र क्षेत्रीय स्तरको अधिवेशनलाई शान्तपुर्वक रूपमा सम्पन्न गर्न आम कार्यकर्तामा आग्रह गर्दै नेता स्वारले यस पटकको अधिवेशनले पाटी एकताको सन्देश दिने विश्वास व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा पूर्व सूचना तथा तथा सञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह र पूर्व राजदूत बल बहादुर कुँवर विशिष्ट अतिथि रहनु भएको थियो ।

भेलामा बान्नीगढी जयगढ,मेल्लेख र रामारोशन गाउँपालिकाका काँग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो भने जिल्ला स्थित पाटीका नेताले कार्यक्रम सम्बोधन गरेका थिए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिका संयोजक चन्द्र सिंह लुहारले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव सुरत बहादुर रावलले गर्नु भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस