Techie IT

अछाममा पर्ने मध्य पहाडी लोक मार्ग सञ्चालनमा


अछामको मध्य पहाडी लोक मार्ग पुर्णरुपमा सञ्चालनमा आएको छ ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ मा पर्ने कैलाश खोला नजिकै लामो समयदेखि सडक आंशिक रूपमा बन्द थियो ।

सडकमा चार पाङ्ग्रे सवारी साधनलाई चलाउन समस्या हुने गरेको भए पनि स्थानीय सरकारले सञ्चालनको लागि पहल गरेका थिएन ।

तर जिल्ला प्रहरी कार्यालय अछामको पहलमा आज प्रहरी कार्यालय जयगढको सक्रियतामा उक्त सडक खण्ड सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

सडक सञ्चालनमा ल्याउन बान्नीगढी जयगढ गाउँपालिकाको जेसिबिको सहायताले लामो समय सम्म बिग्रिएको सडक सञ्चालनमा ल्याइएको हो ।

अब मध्य पहाडी लोक मार्ग अन्तर्गतको बयालपाटा मंगलसैन सडकमा यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ ।

विगतमा पनि बेला बेलामा बर्सातको समयमा उक्त सडक अवरुद्ध हुने गरेको थियो ।

अवरुद्ध सडक सञ्चालन गर्न मङ्गलसेन नगरपालिकाले पनि सहयोग गर्ने गरेको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस